काठमाडौं, १७ साउन । सरकारले दार्चुला घटनाको छानविन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयले जयसिंह धामी दार्चुलाको मालघाट र भारतको गस्कुबाट तुइनको प्रयोग गरी महाकाली नदी तर्ने क्रममा वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका अनुसार गृहमन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको अध्क्षतामा छानविन समिति गठन गरेको हो […]