बाँदरले अन्नबाली मासिदिएपछि फूलखेतीमा आकर्षण

धरान । लगाएको अन्नबाली बाँदरले मासिदिन थालेपछि धरानसँग सीमा जोडिएको मोरङको केराबारी गाउँपालिका देवीटारका कृषक सयपत्री फूलखेतीमा लागेका छन् । अन्नबाली बाँदरले उखेलेर फालिदिने, खाइदिने गर्न थालेपछि उनीहरूले ५ वर्ष अघिदेखि फूलखेती गर्न थालेका हुन् । गाउँ नजिकै रहेको जंगलबाट बाँदर आएर बाली नाली नष्ट गर्न थालेपछि फूलखेती थालेको स्थानीय पदम विश्वकर्मा बताउँछन् । ‘मकै, कोदो रोपौं भने बाँदरले केही राख्दैन, सागसब्जी पनि गर्न दिँदैन, त्यसैले यही फूलको खेती गर्न थालेका हौं,’ उनले भने । उनका अनुसार गाउँभरि नै फूलको खेती हुन्छ । शहर, बजारमा महँगोमा विक्री हुने फूल किसानले भने सस्तोमै बेच्नु परिरहेको उनले बताए । अर्का किसान बमबहादुर विश्वकर्माले वर्षमा १५–२० हजार रुपैयाँ बराबरको मात्र फूल विक्री हुने गरेको बताए । स्थानीय सरकारबाट अनुदान वा सहयोग केही पनि नपाएको गुनासो उनले गरे । नजिकैको गाउँ साधुटारका किसान प्रेमबहादुर बस्नेतले पछिल्लो समय अज्ञात रोगले फूल राम्रो उत्पादन नभएको बताए । साथै भारतीय फूल आउँदा नेपालको उत्पादन सस्तो हुने र लगानी पनि नउठ्ने अवस्था भएको उनको भनाइ छ । ‘कहिले त लगानी पनि उठाउन गाह्रो हुन्छ । हामीले किसानको मर्का स्थानीय जनप्रतिनिधिले समेत बुझेनन्,’ उनले भने । अर्का कृषक सीतामाया विकले बाँदर व्यवस्थापनका लागि गाउँपालिकामा पटक पटक कुरा राख्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् । ‘कार्यपालिकाको बैठकमा पटक पटक कुरा राख्यौं, तर जनप्रतिनिधिले यसबारे चासो नै दिँदैनन्,’ उनले भनिन्, ‘बाँदरको व्यवस्थापनमा गाउँपालिका कहिल्यै गम्भीर भएन । बाँदरको समस्याको विषयमा कुरा त उठ्छ, तर समाधान नै खोजिँदैन ।’          

सम्बन्धित सामग्री

चुलाचुलीका किसान तरुल खेतीतर्फ आकर्षित

फिक्कल । पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै तथा कोदोलगायत अन्नबाली उब्जनी हुने खेतीयोग्य जमिनमा किसानले तरुल खेती गरेर मनग्य आम्दानी समेत लिन थालेका हुन् । अन्य बालीभन्दा सिमल खेती गर्न सजिलो र आम्दानीसमेत बढी हुने भएकाले त्यसतर्फ किसानको आकर्षण बढेको चुलाचुली गाउँपालिका–५ का किसान मतिराज राईले […]

केराखेतीमा कृषकको आकर्षण

रौतहट। धान, मकै, गहुँ, तोरी, मुसुरोजस्ता अन्नबालीको उत्पादन गर्दै आएका चन्द्रपुर नगरपालिका–३ गैंडाटारका कृषक पछिल्लो समय केराखेतीतर्फ आकर्षित हुन थालेका छन् ।  केराखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले अन्नबाली लगाउन कम गरेका हुन् । अन्नबाली उत्पादनका लागि लगानी र परिश्रम दुवै बढी लाग्ने, तर उत्पादन अपेक्षित रूपमा कम हुने गरेकाले यहाँका कृषकले केराखेतीलाई प्राथमिकता दिन थालेका हुन् । गैंडाटारका कृषक दिपक श्रेष्ठले एउटा केराको बोटमा एकपटकमा ८० देखि १०० ओटा केरा उत्पादन हुने र जुन प्रतिगोटा ५ देखि ६ रुपैयाँसम्ममा विक्री हुने गरेको बताए । कठ्ठाको ६ हजार रुपैयाँमा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गरेका उनले अन्नबाली भन्दा राम्रो आम्दानी गरेको बताए । केरा उत्पादन गरेर यहाँका कृषकले वर्षमा १० देखि १५ लाख रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ । एकपटक उत्पादन नहुन्जेल मेहनत र लगानी गर्नुपर्ने र उत्पादन हुन थालेपछि धेरै लगानी गर्नु नपर्ने उनले बताए । गैंडाटार क्षेत्रमा मात्र २५ बिगाहाभन्दा बढी क्षेत्रफलमा कृषकले केराखेती गर्दै आएका छन् । बजारमा केराको माग उच्च रहेको र केरा व्यापारी खेतसम्म खरीदका लागि आउने गरेकाले बजारीकरणमा कुनै समस्या नरहेको उनीहरू बताउँछन् । वैदेशिक रोजगारबाट फर्किएका युवासमेत केराखेतीमा लागेका छन् । केराखेतीतर्फ कृषकको आकर्षण बढे पनि स्थानीय तहबाट सहयोग प्राप्त नभएको कृषकको गुनासो छ । गाउँका अधिकांश कृषकले केराखेती नै गरेकाले आगामी दिनमा गैंडाटारलाई केराको पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको चन्द्रपुर नगरपालिकाले जानकारी दिएको छ । कृषकलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि नगरपालिकाले विभिन्न योजना ल्याउने बताएको छ ।  व्यावसायिक रूपमा केराखेती हुँदै आए पनि कृषक कृषि बीमा लगायतका सुविधाको बारेमा जानकार नरहेको वडाध्यक्ष बोधनाथ देवकोटाले बताए । कृषि बीमालाई प्रोत्साहन गर्ने उद्देश्यले सचेतना कार्यक्रम गर्ने योजना रहेको उनको भनाइ छ ।

संरक्षण हुनै छाडे रैथाने बाली

रामपुर (पाल्पा) : बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ। परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइँदैन। छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा ‘हाइब्रिड’ जातका बीउमा धेरैको आकर्षण बढेको छ। थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत रोज्न थालेका हुन्। परम्परागत रूपमा लगाउँदै आएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्र

रासायनिक मलको अभावले प्राङ्गारिक खेतीको आकर्षण बढ्दो

महोत्तरी । पछिल्लो समय महोत्तरीका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका छन् । खेती गर्ने समयमा जहिल्यै रासायनिक मलको अभाव हुन थालेपछि यहाँका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ किसानले खेती लाउने समयमा जहिल्यै मल, बीउ र कीरा नियन्त्रण गर्ने विषादीको अभाव झेल्ने गरेका छन् । खेती लाउने समयमै अभाव हुँदा दिक्क भएका महोत्तरी बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका किसान प्राङ्गारिक खेतीतर्फ आकर्षित देखिएका हुन् । ‘मैले दुई/तीन वर्षदेखि धान, गहुँजस्ता मूख्य अन्नबाली पनि रासायनिक मलबिना नै परम्परागत तरिकाले गर्दै आएको छु । चिस्यानको राम्रो ख्याल गर्नपर्ने यो तरिकाले राम्रै उत्पादन हुने गरेको छ’ भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान हरिदेव साहले भने । साहको देखासिकीबाट सो बस्तीका अधिकांश किसान  परम्परागत प्राङ्गारिक खेती प्रणाली रोज्न थालेका छन् । पछिल्लो पाँच वर्षयता रासायनिक मल, कीरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छोडेको उनीहरूको भनाइ छ । ‘मल, बीउ र कीरा नियन्त्रणको औषधि आफै तयार गर्छु’, उनले भने, ‘आफैँले उत्पादन गरेको फसलमा पौष्टिकतत्त्व र प्राकृतिक स्वाद हुन्छ ।’ प्राङ्गारिक खेती थालेपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइँमा पर्ने गरेको किसान साहको भनाइ छ । तरकारी, तेलहन र उखुलगायत नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ/नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको छ । रासस

बंगुर पालनमा आकर्षण

अत्तरिया- रामसाय राना उमेरले ५६ वर्ष पुगे। कञ्चनपुरको कृष्णपुर नगरपालिका- ८ बिचुवाका राना अहिले युवा अवस्थाजस्तो शारीरिक बलले काम गर्न सक्दैनन्। पुरै जीवन कृषि कर्ममा बिताएका रानाले अहिले भने ‘बंगुर’ पालनलाई प्राथमिकता दिएका छन्। बिचुवामा चिटिक्क परेको घर बनाएका रानाका सन्तान छैनन्। उनको त्यो घरमा श्रीमान श्रीमती मात्रै बस्छन्। युवा अवस्थामा कृषिमा तरकारी खेती, अन्नबाली, […]

किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।  खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।  बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।  पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।  कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।  पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।  रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् । १०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस

व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण

पाल्पा । बाँदरले अन्नबाली नोक्सानी गर्न थालेपछि पाल्पाका किसान गोलभेँडाखेतीमा आकर्षित भएका छन् । जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा बाँदरले नोक्सान नगर्ने गोलभेँडा लगायत तरकारी तथा फलफूल खेती व्यावसायिक रूपमा गर्न थालिएको छ ।      पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको संख्या बढेको छ । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको भनाइ छ । बाँदर, बँदेल, दुम्सीलगायत जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी बेहोर्दै आएका छन् । बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडाखेतीमाप लागेको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका विनबहादुर दर्नालले बताए । पाँच÷सात रोपनीमा मकैखेती गर्ने उनले अहिले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेका हुन् । यस क्षेत्रका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडाखेतीमा लागेका छन् । बाँदरले मकै, सिमी, गोभी, धानबालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिक रूपमा गोलभँेडाखेतीमा लागेका छन् । स्थानीय सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर फर्केपछि आफूले गोलभेँडा र खुर्सानीखेती शुरू गरेको बताए । रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानलाई नोक्सानी नहुने अन्नबाली तथा फलफूल खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको जानकारी दिए । रासस

सल्यानबाट २० करोडको जडीबुटी निकासी

सल्यान : सल्यानका किसान जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत रूपमा अन्नबाली लगाउँदै आएका किसानले जडीबुटीबाट मनग्य आम्दानी गर्न थालेपछि जडीबुटी खेती गर्न थालेका हुन्। टिमुर, रिट्ठा, तेजपातलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनुकूल भएकाले यसको खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। डिभिजन वन कार्य...

कृषि मेला अवसर पनि हुनसक्छ

जिल्लामा रहेको रोल्पा नगरपालिकाले १० माघमा कृषि मेला तथा औद्योगिक प्रदर्शनीको आयोजना ग¥यो । कृषिमा व्यवसायीकरण, आकर्षण र प्रेरणा दिने उद्देश्यले उक्त मेलाको आयोजना गरेको हो । कृषि मेला तथा औद्योगिक प्रदर्शनीमा अन्नबाली, फलफूल, तरकारी, खाद्यान्न, कुखुरा, खसी, बाख्रा, स्थानीय स्तरमा उत्पादन गरिएका कृषि औजार र अन्य उत्पादन प्रदर्शनीमा राखिएको थियो । कृषि क्षेत्रका आधुनिकीकरण प्रविधिहरू पनि प्रदर्शनीमा राखिएको थियो ।

कफी खेतीमा आकर्षण

पर्वत फलेवास नगरपालिका ९, भँगाराका किसानले चार वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। खेतबारीमा अन्नबाली लगाउने जनशक्ति