हेटौंडा : बागमती प्रदेशमा विपक्षीको अनुपस्थितिमा नै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया सुरु भएको छ।प्रदेशसभामा प्रमुख प्रतिपक्षी र विपक्षीहरु अनुपस्थित भएको मौकामा प्रदेश सरकारले बजेट पारित गर्ने प्रक्रिया अघि बढाएको हो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजक विधेयक २०७८ प्रस्तुत गरेका थिए।उक्त विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने क्रममा प्रदेशसभा हलमा विद्युत कटौति भएको थियो। लामो समयसम्म विद्युत आपुर्ति बन्द भए