अवरोध र नाराबाजी बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोध र नाराबाजीबीच सोमबार प्रतिनिधि सभाबाट चालू आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजित बजेट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव बहुमतले स्वीकार गरेपछि बजेट पारित भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले […] The post अवरोध र नाराबाजी बजेट पारित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिहीबार पनि एमालेले सोही क्रियाकलाप अपनाउने एमालेका एक नेताले बताए।

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बजेट पारित भएपछि अन्त्य गरिने सम्भावना बढ्दै गएको छ। वडा दसैँ नजिँकदै गएकाले त्यसअघि नै अधिवेशन अन्त्य गर्ने अवस्था आउने देखिन्छ। सरकारले यस विषयमा कुनै जानकारी नदिए पनि संसद्मा प्रतिपक्षले नाराबाजी गरिरहेका कारण बजेट पारित भएपछि अधिवेशन अन्त्य हुने सम्भावना बढेको हो ।संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिही

एमालेको अवरोधबिच सत्ता पक्षले बजेट पारित गराउँदा प्रतिनिधिसभामा जे देखियो

काठमाडौं : प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएर बजेट पारित गराएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए। सभामुख र मन्त्री शर्माले बजेटका प्रस्तावहरु अघि बढाउँदै गर्दा एमालेको अवरोध जारी रह्यो। । बजेटको छलफलमा सांसद…

विपक्षीले नाराबाजी गरिरहे, बजेट पारित भयो (तस्बिरहरु)

काठमाडौँ – सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को चर्को विरोधकाबीच बहुमतले पारित भएको हो । नाराबाजी जारी रहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ बहुमतले पारित […]

एमालेको विरोध कै बीच बजेट पारित, तर अझै खुलेको छैन खर्च गर्ने बाटो

विनियोजन विधेयक २०७८ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरेको हो ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । संसदले विनियोजन विधेयक पास गरे पनि अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भने भएको छैन । प्रतिनिधिसभाबाट पारित बह्येको विधयेक अब राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पारित गरेपछि पुन: प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ ।त्यस्तै आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो ।

एमालेको नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भयो बजेट

काठमाडौं : प्रतिनिधिसभाबाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएका थिए। एमालेको नाराबाजी बिच अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरेका थिए। अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत…

एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारितको प्रक्रिया सुरु

काठमाडौं, असोज ४ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधलाई वेवास्ता गर्दै बजेट पारित गर्ने भएको छ । सोहि अनुसार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बजेट पारित गर्ने प्रक्रियालाई अगाडी बढाएका छन् । बैठक हुना साथ एमालेले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् । तर सभामुख सापकोटाले त्यसलाई वेवास्ता गर्दै विनियोजन […]

संसदमा पेश भयो बजेट प्रतिस्थापन विधयेक, एमालेको नाराबाजी जारी

ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ।

गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच बजेट पारित

गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः शुरु भएको बैठकमा पनि एमालेले बेल घेराउ गरेपछि प्रति