गण्डकीमा एमालेको नाराबाजी र होहल्लाकाबीच बजेट पारित

गण्डकी प्रदेशमा बजेट पारित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित गरेको हो । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर, बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका थिए । त्यसपछि पुनः शुरु भएको बैठकमा पनि एमालेले बेल घेराउ गरेपछि प्रति

सम्बन्धित सामग्री

एमालेको नाराबाजीबिच प्रतिनिधिसभाबाट पारित भयो बजेट

काठमाडौं : प्रतिनिधिसभाबाट बजेट पारित भएको छ। प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएका थिए। एमालेको नाराबाजी बिच अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरेका थिए। अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत…

संसदमा पेश भयो बजेट प्रतिस्थापन विधयेक, एमालेको नाराबाजी जारी

ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरेको छ । शुक्रबार बसेको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल एमालेकै अवरोधकाबीच अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक पेस गरेका हुन् । उनले ओली सरकारका अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि हेरफेर गरेर प्रतिस्थापन विधेयक पेस गरेका हुन् ।सरकारले फास्ट ट्र्याकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । नियम निलम्बन गरेर  बजेट पारित गर्ने सरकारको तयारी छ।