लिफ्टिङ्गमार्फत घरघरमा खानेपानी पुगेपछि खाम्सेपानीवासी हर्षित

८ चैत, गुल्मी । वर्षौंदेखि खानेपानीको चरम अभाव भोगिरेहका गुल्मीको रेसुङ्गा नगरपालिका-४ खाम्सेपानीका बासिन्दा अहिले हर्षित छन् । घरकै धारामा पानी आउला र उपभोग गरौंला भन्ने कल्पनासमेत नगरेका यहाँका बासिन्दा लिफ्टिङ्गमार्फत खानेपानी घरकै धारमा आइपुगेपछि हर्षित भएका हुन् । खाम्सेपानीमा लिफ्टिङ्गमार्फत वडाकै रैदी खोलाको पानी तानेर अग्लो स्थानमा पुगेपछि पानीको समस्या समाधान भएको छ । […]

सम्बन्धित सामग्री

खानेपानीका लागि दुई घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो

सल्यान : लिफ्ट प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि सल्यानको त्रिवेणी गाउँपालिका १ खज्जरका स्थानीयवासी हर्षित छन्। पानीको खोजीमा दुई घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै यहाँका स्थानीयवासीमा खुशी छाएको हो । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएको स्थानीय लीला रोकाले खुशी व्यक्त गरिन्। ‘यहाँका महिलाले वर्षौँदेखि २ घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे’, उनले भनिन्,

घर–घरमा खानेपानीको धारा जडान भएपछि थाया बस्तीका स्थानीय हर्षित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–७ को थाया बस्तीमा खानेपानीको धारा जडान गरिएको छ। घरघरमा खानेपानीको धारा जडान भएपछि सधैँ खोलाको पानी खानुपर्ने बाध्यतामा रहेका स्थानीय खुसी भएका छन्। थाया मथुरा खानेपानी योजना निर्माण भइ सञ्चालनमा आएपछि घरघरमा धारा जडान सम्भव भएको हो। थाया गाउँका स्थानीय गोपी सिंहका अनुसार खानेपानी योजना दुई वर्ष लगाएर सम्पन्न भएपछि […]

मेलाम्ची र इन्द्रावतीका ४९५ घरमा खानेपानी उपलब्ध

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोककाे मेलाम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराइएको हो । घरघरमा खानेपानीको धारा बनाइएपछि वर्षौँदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् ।  नगरपालिकाको सबैभन्दा ठुलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्याङ्की र […]

मेलम्ची र इन्द्रावतीका चार सय ९५ घरधुरीमा धारा सञ्चालनमा

सिन्धुपाल्चोक, १२ चैत । फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ । नगरपालिकाको रु दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन् । नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी […]

स्याङ्जाका तीन हजार ३०६ ओटा घरमा ‘एक घर–एक धारा’ जडान

भदौ २६, वालिङ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्याङ्जाका प्रत्येक घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको हो । यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानी व्यवस्थापनका लागि गाउँपालिकाले नीति, योजना र बजेट विनियोजन गरेपछि घरघरमा धारा जडान भएको हो ।  गाउँपालिकाले प्रदेश र संघीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा यहाँको मुख्य समस्याका रुपमा रहेको खानेपानीको व्यवस्थापन गरिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका प्रायःजसो बस्तीहरुभन्दा तल्लो भागमा पानीका स्रोतहरु भएका कारणले गर्दा पनि यहाँका बासिन्दा खानेपानीको समस्याबाट पीडित हुँदै आएका थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि खानेपानी योजनाहरु सञ्चालन गरेर समस्याको समाधानतर्फ लागेको संयोजक अधिकारीको भनाइ छ ।  उनका अनुसार सातओटा वडामा आव २०७६/७७ को अन्तिमसम्ममा २२ ओटा खानेपानी योजनमार्फत दुई हजार १२६ घरधुरीमा खानेपानी विस्तार गरिएको थियो । आव २०७७/७८ मा आठओटा योजनामार्फत एक हजार १८० घरधुरी गरी कुल ३० ओटा खानेपानी योजना सम्पन्न गरी कुल तीन हजार ३०६ घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरी खानेपानीको पहुँच पुर्‍याइएको छ ।  चालु आव २०७८/७९ मा १७ ओटा खानेपानी योजना सञ्चालनका क्रममा रहेका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । उनका अनुसार उक्त योजनाबाट बाँकी रहेका एक हजार ७११ घरधुरी लाभान्वित हुने र सिंगो गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरी खानेपानीको सहजता हुनेछ ।  छोटो समयमै खानेपानीको समस्या समाधान गर्ने कार्यमा पालिकासँगसँगै स्थानीयवासीको पनि उत्साहजनक लागत सहभागिता रहेको अध्यक्ष थापाको भनाइ छ ।  ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’ को मर्मलाई आत्मसात् गर्दै गाउँपालिकाले नागरिकका समस्यालाई केन्द्रमा राखेर नीति निर्माण गर्ने र त्यसको कार्यान्वयनमा जोड दिँदै आएअनुरुप खानेपानी तथा सिँचाइका लागि पानीको स्रोत व्यवस्थापन गरी वितरण गर्दै आएको छ ।  गाउँपालिकामा निर्माण सम्पन्न भएका ३० खानेपानी योजनमध्ये वडा नं १ मा जरुवा लिफ्टिङ खानेपानी योजना सबैभन्दा ठूलो योजना रहेको छ भने वडा नं २ मा सबैभन्दा सानो कुटगन दाउन्ने खानेपानी योजना रहेको छ । करेकुवा योजनाअन्तर्गत ३७५ घरधुरी लाभान्वित छन् भने कुटगन योजनाअन्तर्गत ६ घरधुरी लाभान्वित भएका वास संयोजक अधिकारीले जानकारी दिए ।  यसैगरी लामो समयदेखि खानेपानीको समस्या झेल्दै कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको छ । गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्यांकी निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीको भनाइ छ ।   मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए । ‘यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो’, अध्यक्ष थापाले भने, ‘त्यो पनि पर्याप्त थिएन, घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।’ घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाको भनाइ छ ।  प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ । ‘खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।’ रासस

पर्यटकीय गन्तव्य सराङकोटमा एक घर एक धारा

पोखरा महानगरपालिका–१८ सराङकोटमा एक घर एक धारा जडान गरिएको छ । यहाँको सबैभन्दा ठूलो बूढीमुल लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएर ३६६ घरधुरीमा धारा जडान गरिएको हो । सूर्योदय, सूर्यास्त तथा हिमशृङ्खला र तालतलैयाको दृश्यावलोकन र प्याराग्लाइडिङको प्रमुख गन्तव्यमा विकास भए पनि खानेपानीको अभाव हुँदा पर्यटकलाई समेत असुविधा भएको अवस्थामा घरघरमा धारा जडान भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

पाणिनीमा एक घर, एक धारा

पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पटौटी र मैदानका स्थानीयको घरघरमा खानेपानी आएसँगै खुसीयाली छाएको छ । पाणिनी–१ पणेनामा, वडा नम्बर ३ खिदिम, वडा नम्बर ४ पटौटी र वडा नम्बर ५ मैदानमा एक घर, एक धारा बनेपछि स्थानीय हर्षित भएका हुन् । दुई वर्ष अघिदेखि सुरु भएको खानेपानी योजनाको काम समापनसँगै सबैको घरघरमा खानेपानीको धारा पुगेको हो ।

खानेपानी आयोजना अलपत्र

खानेपानी अभाव भोग्दै आएको काठेखोला गाउँपालिका–३, धम्जा देउरालीका स्थानीय दुई वर्षअघि हर्षित थिए। देउरालीका स्थानीयको घरघरमा खानेपानी सुविधा पु-याउने लक्ष्यका साथ सोलार लिफ्ट आयोजना सुरु भएपछि खानेपानी सुविधा पाउने आशामा स्थानीय खुसीले गदगद भए। आयोजना निर्माणमा जनश्रमदान, स्थानीय रूपमा गर्न सक्ने अन्य व्यवस्थापकीय काममा उनीहरूले निर्माण पक्षलाई सहयोग गरे।