सल्यान : लिफ्ट प्रविधिबाट घरघरमा खानेपानी पुगेपछि सल्यानको त्रिवेणी गाउँपालिका १ खज्जरका स्थानीयवासी हर्षित छन्। पानीको खोजीमा दुई घण्टासम्म रित्तो गाग्री बोकेर टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटेसँगै यहाँका स्थानीयवासीमा खुशी छाएको हो । लामो समयसम्म टाउकोमा नाम्लो र पिठ्यूँमा गाग्रो बोकेर सधैँ पानीको जोहो गर्ने बाध्यताको अन्त्य भएको स्थानीय लीला रोकाले खुशी व्यक्त गरिन्। ‘यहाँका महिलाले वर्षौँदेखि २ घण्टा टाढाबाट हिँडेर खोलाको पानी ल्याउँथे’, उनले भनिन्,