पाणिनीमा एक घर, एक धारा

पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पटौटी र मैदानका स्थानीयको घरघरमा खानेपानी आएसँगै खुसीयाली छाएको छ । पाणिनी–१ पणेनामा, वडा नम्बर ३ खिदिम, वडा नम्बर ४ पटौटी र वडा नम्बर ५ मैदानमा एक घर, एक धारा बनेपछि स्थानीय हर्षित भएका हुन् । दुई वर्ष अघिदेखि सुरु भएको खानेपानी योजनाको काम समापनसँगै सबैको घरघरमा खानेपानीको धारा पुगेको हो ।