नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस–इपेमेन्ट प्रणालीमा सोमबारबाट कारोबार सुरु गर्ने गरी रिलायन्स फाइनान्सलाई पनि उक्त प्रणालीमा आबद्ध गराएको छ । यस लगतै अब रिलायन्स फाइनान्सका ग्राहकहरुले पनि यस प्रणालीको वेबसाइट अथवा मोबाइल एप्सबाट आफ्नो खातामार्फत अनलाइन कारोबार गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंक तथा फाइनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था छ ।