रिलायन्स फाइनान्स र एब्सोल्युट एस्थेटिक्सबीच छूट सम्झौता

काठमाडौं  । रिलायन्स फाइनान्स र एब्सोल्युट एस्थेटिक्सबीच सौन्र्दय तथा स्वास्थ्य सेवामा छूट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत संस्थाका ग्राहक, शेयरधनी तथा कर्मचारीले एस्थेटिक्सका सेवामा १५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । एस्थेटिक्सले सौन्र्दय सेवा (छाला), दन्त सेवा तथा प्लास्टिक सर्जरी तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यसैगरी रिलायन्स फाइनान्सले २१ ओटा शाखा कार्यालयमार्फत सेवा पुर्‍याउँदै आएको छ । निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई मोबाइल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, एटीएम सेवा, विभिन्न रेमिट्यान्स सेवा, आइपीएस, कनेक्ट आइपीएस, एबीबीएस, एसीसी लगायत विभिन्न एप्स समेतका प्रविधिका सेवा प्रदान गर्दै आएको बताइएको छ ।

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्स लिमिटेडले दियाे वृद्धाहरुलाई वासिङ मेसिन

काठमाडौँ– रिलायन्स फाइनान्स लिमिटेडले वृद्धाहरुलाई वासिङ मेसिन प्रदान गरेकाे छ। राजधानीमा मंगलबार आयोजित रिलायन्स फाइनान्सकाे १५ औँ वार्षिकाेत्सवमा  संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले वृद्धाहरुलाई वासिङ मेसिन हस्तान्तरण गरेका हुन्। यस्तै वार्षिक उत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालय कमलादी तथा बनेपा शाखामा रक्तदान कार्यक्रम र शाखा कार्यालय सितापाईलामा निः शुल्क आँखा, कान तथा घाँटीको जाँच शिविर भव्यताका साथ […]

रिलायन्स फाइनान्स र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स र चिरायु नेशनल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले चिरायु नेशनल हस्पिटलले प्रदान गर्ने सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त फाइनान्सले हाल काठमाडौंसहित देशभरका विभिन्न २१ वटा शाखाबाट सेवा […]

रिलायन्स फाइनान्सका ग्राहकले हेल्पिङ ह्यान्ड्स अस्पतालमा छुट पाउने

रिलायन्स फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । फाइनान्स र  अस्पतालबीच फाइनान्सका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई छुट दिने सम्झौता भएको हो ।  सम्झौतामा...

रिलायन्स फाइनान्सको डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरि आचार्य नियुक्त

काठमाडौं- रिलायन्स फाइनान्स कम्पनीमा डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरि आचार्य नियुक्त भएका छन्। आचार्यलाई साेमबारदेखि काम गर्ने अधिकारसहित व्यवस्थापन समितिले डेपुटी चिफको जिम्मेवारी दिएको हो। उनले २५ वर्ष बैंकिङ क्षेत्रमा बिताइसकेका छन्। रिलायन्स फाइनान्स ‘सी’ वर्गको अग्र वित्तीय संस्था हो। आचार्यको आगमनले फाइनान्स थप उचाइमा पुग्ने व्यवस्थापनको विश्वास छ।

रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत

चैत २०, काठमाडौं । दुई ओटा अलग- अलग कम्पनीको बोनस शेयर आइतवार सूचीकृत भएको छ । यो दिन रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६ दशमलव ५० कित्ता र नेपाल हाइड्रो डेभलोपरको २ लाख ९ हजार ३०० कित्ता बोनस शेयर शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल हाइड्रो डेभलोपरले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी रिलायन्स फाइनान्स कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

रिलायन्स फाइनान्सको वित्तीय साक्षरता तालिम

रिलायन्स फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२२ को अवसरमा विभिन्न प्रदेशका विद्यालयहरूमा विद्यार्थीसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

रिलायन्स फाइनान्स १३ वर्षमा

रिलायन्स फाइनान्स लिमिटेड १३ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २० वटा शाखाबाट बाट देशका विभिन्न भागमा सेवा दिँदै आएको छ।...

रिलायन्स फाइनान्स १३औं वर्षमा प्रवेश

मंसिर १९, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड शनिवार १२औं वर्ष पुरा गरि १३औं वर्षमा प्रवेश गरेको छ ।  कम्पनीको वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागी सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाडौं जिल्ला, सलम्बुटार, साँखुस्थित द्वन्द पीडित तथा अपांग समाज–नेपालमा आश्रित गरीब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिती भएका बालबालिकाहरुलाई आवश्यक पर्ने औषधी सामग्रीहरु तथा संगम चोक बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको छ ।  साथै, वार्षिकोत्सबको अवसरमा संस्थाका सम्पूर्ण शाखा कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गरेका छन् ।  उक्त कार्यक्रममा रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, सञ्चालकहरु सुरकृष्ण बैद्य, रवि कृष्ण श्रेष्ठ, उपेन्द्र बहादुर कार्की, तुल्सी प्रसाद बराल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको कम्पनीले न्यूरोड, सितापाईला, ईमाडोल, नारायणघाट, टाँडी, पोखरा, वेशीशहर, बनेपा, गोरखा, चारआली, दमक, विर्तामोड, धुलाबारी, रुपन्देही, भैरहवा, धनगढी, अत्तरीया, महेन्द्रनगर र कोहलपुर सहित २० ओटा शाखा कार्यालयहरुले सेवा पुर्‍याउँदै आएको छ ।