मंसिर १९, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड शनिवार १२औं वर्ष पुरा गरि १३औं वर्षमा प्रवेश गरेको छ ।
कम्पनीको वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागी सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काठमाडौं जिल्ला, सलम्बुटार, साँखुस्थित द्वन्द पीडित तथा अपांग समाज–नेपालमा आश्रित गरीब तथा निमुखा घरबारविहीन सुस्त मनस्थिती भएका बालबालिकाहरुलाई आवश्यक पर्ने औषधी सामग्रीहरु तथा संगम चोक बानेश्वरस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको छ ।
साथै, वार्षिकोत्सबको अवसरमा संस्थाका सम्पूर्ण शाखा कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्थाहरुलाई सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, सञ्चालकहरु सुरकृष्ण बैद्य, रवि कृष्ण श्रेष्ठ, उपेन्द्र बहादुर कार्की, तुल्सी प्रसाद बराल तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
काठमाडौंको प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय रहेको कम्पनीले न्यूरोड, सितापाईला, ईमाडोल, नारायणघाट, टाँडी, पोखरा, वेशीशहर, बनेपा, गोरखा, चारआली, दमक, विर्तामोड, धुलाबारी, रुपन्देही, भैरहवा, धनगढी, अत्तरीया, महेन्द्रनगर र कोहलपुर सहित २० ओटा शाखा कार्यालयहरुले सेवा पुर्याउँदै आएको छ ।