चैत २०, काठमाडौं । दुई ओटा अलग- अलग कम्पनीको बोनस शेयर आइतवार सूचीकृत भएको छ ।
यो दिन रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचीकृत भएको हो । रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६ दशमलव ५० कित्ता र नेपाल हाइड्रो डेभलोपरको २ लाख ९ हजार ३०० कित्ता बोनस शेयर शेयर सूचीकृत भएको हो ।
अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । नेपाल हाइड्रो डेभलोपरले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी रिलायन्स फाइनान्स कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।