साइप्रसको पूरा नाम साइप्रस गणतन्त्र हो । नेपाल सरकारले नेपाली महिलालाई घरेलु काममा जान वैधानिकता दिएको दुई देशमध्ये साइप्रस पनि एक हो । भौगोलिक रूपमा यो पश्चिम एसियामा अवस्थित छ । तर सांस्कृतिक र भूराजनीतिक रूपमा दक्षिणपूर्वी युरोपेली देश हो । इजिप्टको उत्तर, ग्रिसको पूर्व, टर्कीको दक्षिण र लेबनान र सिरियाको पश्चिममा अवस्थित छ साइप्रस ।यसको राजधानी र सबैभन्दा ठुलो सहर निकोसिया हो । साइप्रस युरोपेली सङ्घको भाग हो तर शेन्जेन देशहरूको सूचीमा समावेश छैन । शेन्जेन सदस्य भएपछि देशहरूबीच स्वतन्त्र रूपमा मानिसको आवतजावतसँग...