भेडापालनबाट झण्डै वार्षिक तीन लाख कमाइ

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थाल्नुभएको छ । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्कनुभएका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरी विदेशमा भन्दा राम्रो कमाइ गर्न थाल्नुभएको छ । कोरोनाका कारण घर फर्कनुभएका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा हुनुहुन्थ्यो । त्यत्तिकैमा आफ्नो पुर्ख्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उहाँको मनमा आयो । त्यसैले विदेशबाट आएपछि आफ्नै ग...