आलुले स्थानीय बजार पाएपछि किसान खुशी - Purbeli News

दार्चुला / गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् । बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा...

सम्बन्धित सामग्री

आलुको बीउ स्थानीय सरकारले खरिद गरिदिएपछि किसान खुशी

पर्वतको जलजला गाउँपालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । उक्त आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ । १० लाख ७५ हजारभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ । जलजला–६ शालिजाका ३ कृषक समूहले उत्पादन गरेको ३५ […]

स्थानीय सरकारले भोटे कुकुर बाँडन थाल्यो , किसान खुशी होलान त ?

अर्घाखाँची पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका वडा नं २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ । […]

सिंचाइ सुविधा पाएपछि गुल्मीको कुमालटारीका किसान खुशी

२१ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ कुमालटारीमा छल्दीखोला सिंचाइ आयोजना पूरा भएपछि स्थानीय किसानले खेतबारीमा सिंचाइ सुविधा पाएका छन् । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले सञ्चालन गरेको सिंचाइ योजना पूरा भएपछि धान रोपाइका लागि आकाशको पानी कुर्नु नपर्ने स्थानीय किसान नारायणप्रसाद कुँवरले बताए । सिंचाइको सुविधा नहुँदा यहाँका किसानले धेरै खेती लगाउन आकाशे […]

पर्वतको सिसाठाँटीमा दुग्ध संकलन केन्द्र स्थापना

पर्वत । पर्वतको फलेवास नगरपालिका–३ सिसाठाँटीमा दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको भैंसी पकेट क्षेत्रमा सूचीकृत सिसाठाँटीमा दूध संकलन केन्द्र स्थापना भएपछि किसान खुशी भएका छन् । भैंसी पकेट क्षेत्र बनेपछि किसानले भैंसी पालेका छन् । उत्पादित दूधको बजारीकरणका लागि हालै फलेवास नगरपालिकाको सहयोगमा दुग्ध संकलन केन्द्र स्थापना भएको हो । कार्यक्रममा शंकरपोखरी सिसाठाँटी र वडा नं २ थापाठानाका ६७ घरधुरी समेटिएका छन् । गत आर्थिक वर्ष २५ लाख लगानीमार्फत यहाँका किसानलाई समेटेर भैंसी पकेट क्षेत्रको रूपमा विकास गरिएको हो । नगरपालिकाले कृषकलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले अनुदान उपलब्ध गराएको थियो । यो वर्ष थप ११ लाख रुपैयाँ सहयोग प्राप्त भएपछि किसान थप उत्साहित भएका छन् । किसानले १७० ओटा माऊ भैंसी र १४ ओटा पाडा पालेका छन् । दैनिक १२० लिटर दूध बेच्ने गरेका छन् । यहाँ उत्पादित दूध नजिकैको साइकलचोक हुँदै कुश्मा र पोखरा पुर्‍याउने गरेका छन् । नगरपालिकाले गाउँलाई समेटेर भैंसी पकेट क्षेत्र घोषणा गरेपछि कृषकको आर्थिक स्तर नै फेरिएको छ । दूध विक्रीबाट उनीहरूले मासिक १० हजारदेखि २० हजारसम्म आम्दानी गर्छन् । गाउँका किसान पशुपालनसँगै तरकारीखेतीमा पनि आकर्षित भएका छन् । ‘गाउँमा दूध बढी भएर मोलखतमा फाल्ने गथ्र्यौं, गाईभैंसीलाई खुवाउने चलन थियो, स्थानीय शिव अधिकारीले भने, ‘हामीलाई यसरी आम्दानी हुन्छ भन्ने पनि थाहा थिएन, नगरपालिकाले भैंसी पकेट क्षेत्र कार्यक्रम घोषणा गरेपछि हाम्रा दिन फेरिए ।’ पाँच वर्षअघि विदेश बसेर आएका अधिकारीले हाल दूध बेचेर वार्षिक २ लाखसम्म कमाउने गर्छन् । स्थानीय देवीप्रसाद सुवेदीले भैंसी पकेट कार्यक्रमले किसानको आर्थिक स्तर फेरिएको बताए । विक्री नभएको दूधले बजार पाउँदा थप भैंसी पाल्ने योजना रहेको उनले सुनाए । फलेवास नगरपालिका योजना अधिकृत देवीप्रसाद तिमिल्सिनाले सिसाठाँटीमा पशुपालन र कृषिको सम्भावना देखेर लगानी गरिएको बताए । यस क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत भैंसीपालन रहेको भन्दै उनले कृषिसँगै तरकारी र फलफूलखेतीमा लाग्न कृषकलाई आग्रह गरे । फलेवास नगरपालिका–३ शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले सिसाठाँटी पशु र कृषिको उर्भरभूमि रहेको बताए । भैंसी पकेट कार्यक्रम मार्फत किसानको आयआर्जन र जीवनस्तरमा ठूलो परिवर्तन आएको दाबी उनले गरे ।

हिमपातपछि मौसम खुल्दा मुस्ताङका किसान खुशी

बिहीबार र शुक्रबार हिमपात भएपछि शनिबार बिहानैदेखि मौसम खुल्दा मुस्ताङका बासिन्दा उत्साहित भएका छन्। हिमपातले गर्दा चिसो बढेर केही असहज भएको भए पनि मौसम खुलेपछि उत्पादन बढ्ने भन्दै हिमालपारीको जिल्लाका स्थानीय उत्साहित भएका हुन्।

किसानलाई अनुदानमा गहुँ

कैलाली । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।       गाउँपालिकाले किसानको उत्पादन बढाउन गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको बताएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमीनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । ‘हामीले जति पनि आवेदन दिएका किसान सबैलाई क्षेत्रफलको आधारमा १० कठ्ठाभन्दा माथि क्षेत्रफलमा खेती गर्नेलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्नेलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिहेका छौं,’ कृषि शाखा प्रमुख चौधरीले भने, ‘गाउँपालिकाभित्र ७५ प्रतिशत अनुदानमा १८३ किसान र ५० प्रतिशत अनुदानमा १५३ किसानलाई गहुँको बीउ उपलब्ध गराउँदै छौं ।’ पालिकाले किसानलाई उन्नत जात विजय, एलएल, वाणगंगालगायत बीउ वितरण गरिरहेको छ । गाउँपालिकाले अविरल वर्षा र बाढीका कारण धानबालीमा क्षति भएका किसानका लागि पनि अनुदान दिने योजना बनाएको चौधरीले बताए । ‘कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, त्यसैमाथि बाढीले पीडामा रहेका किसानलाई गहुँको बीउ दिएर हौसला दिन खोजिएको हो,’ चौधरीले भने, ‘हामीले अन्य खाले अनुदान दिने विषयमा छलफल गरिरहेका छौं ।’ अनुदानमा उन्नत जातको गहुँको बीउ पाएपछि किसान खुशी भएका छन् । जानकी गाउँपालिका–२ का गजेन्द्रबहादुर चौधरीले तीन बिघा जमिन गहुँ खेती गरिरहेका छन् । कैलाली धान र गहुँ खेतीका लागि उर्बर भूमि मानिन्छ । यहाँका किसानलाई खेतीमा आकर्षित गर्न स्थानीय पालिका र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले अनुदान सहयोग, औजार तथा प्राविधिक सहयोग गर्दै आएका छन् । यहाँ खेतीका लागि उर्वर भूमि रहेकाले कैलालीको टीकापुर र जानकीमा मात्रै दर्जनौं सहकारीले बीउ प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका छन् । यहाँका सहकारीले उत्पादन गरेको बीउ अन्य जिल्लामा जाने गरेको छ । रासस

किसानलाई आधुनिक औजार वितरण

डडेल्धुरा, १८ साउन: कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ । आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने […]

हुम्लामा हिमपात किसान खुशी, चिसाे बढ्याे (फोटो फिचर)

लामो समयपछि हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभरि आकाशमा लागेको बादलपछि सोमबार बिहानबाट हिमपात सुरु भएको हो । फागुन अन्तिम साता आएर हिमपात भएको स्थानीय सुरिकला रावतले वताउनुभयो । यो वर्ष हिउ हेर्न कठिन भएका बेला हिमपात भएको उहाँको भनाई छ । हिमपात सुरु भएकोले जमिनमा हिउ जम्न सुरु भएको छ । जमिने सेताम्मे देखिन थालेको छ । हिमपात भएपछि सदरमुकाम सिमकोट लगाएर उत्तरी हुम्लामा चिसो पनि बढेको छ ।

बन्दाबन्दीले स्थानीय आलुले बजार पायो, किसान खुशी

गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिर समेत भयो ।दार्चुलाको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् ।बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्...

आलुले राम्रो मूल्य पाएपछि किसान खुशी

आलुले राम्रो मूल्य पाएपछि किसान खुशी सर्लाही समाचारदाता सर्लाही, माघ २६ । आलुले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुशी भएका छन् । गत वर्षको तुलनामा यो वर्ष दोब्बर बढी मूल्यमा आलु बिक्री भइरहेको बरहथवा नगरपालिका–४, का किसान बच्चेलाल महतोले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादित आलु अहिले खेतबाटै प्रतिकिलो २० रुपियाँमा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकिलो ८÷९ रुपियाँमा बिक्री गर्न पनि मुस्किल परेको आलुले यो वर्ष दोब्बर बढी मूल्य पाएको हो । सर्लाहीमा पश्चिमी भेगका मूर्तिया, हजरिया, बरहथवा, श्रीपुर लगायतका क्षेत्रमा व्यवसायिक रुपमा आलु खेती हुने गरेको छ । त्यस क्षेत्रका किसानले उत्पादन गरेको आलु खरिद गर्न अहिले व्यापारी खेत–खेतमै पुगिरहेका छन् । स्थानीय स्तरमै चिस्यान केन्द्रसहित भण्डारणको व्यवस्था भए आलुले अझै बढी मूल्य पाउने स्थानीय किसानले बताएका छन् । कृषि ज्ञान केन्द्र मलङ्गवाका कृषि प्रसार अधिकृत देवानन्द रायले व्यवसायिक रुपमा आलु खेती गरेर जिल्लाका किसानले राम्रो आम्दानी गर्दै आएका बताउनुभयो । रायका अनुसार सर्लाहीमा १४ सय ८० हेक्टर जग्गामा व्यवसायिक रुपमा आलु खेती हुन्छ । सर्लाहीका किसानले लालगुलाब, अरुणगोल्ड, खुमल लगायत जातका आलु बढी लगाउने गरेका छन् ।