विश्व कप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा

कतारमा चलिरहेको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्व कप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न सहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् ।  बुधवार राति भएको खेलमा दुई–शून्य गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्व कपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् ।  विश्व कपको इतिहासमा पहिलो पटक अफ्रिकी देश मोरक्को सेमिफाइनल...

सम्बन्धित सामग्री

अमेरिका विश्व कप छनाेटबाट बाहिरियाे

काठमाण्डाै – अमेरिका आईसीसी एकदिवसीय विश्व कप छनाेटबाट बाहिरिएकाे छ । लगातार तेस्राे हारसँगै अमेरिका एक खेलअघि नै प्रतियाेगिताबाट बाहिरिएकाे हाे । अमेरिकाको 'सुपर सिक्स' हुँदै विश्व कप खेल्ने सम्भावना सकिएकाे हाे । हिजाे बिहीवार भएकाे खेलमा अमेरिका नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भयाे । अमेरिकाले दिएकाे २ सय १२ रनकाे लक्ष्य नेदरल्यान्ड्सले ४३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका कप्तान एवम् विकेटकिपर स्कट इडवार्ड्सले नटआउट ६७ र तेजा निदामनुरुले ५८ रन बनाए । अमेरिकाका जसदीप सिंह...

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट : फिफा अध्यक्ष इन्फान्टिनियो

काठमाण्डाै - अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य  हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएका बीबीसीले जनाएको छ । उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन् । कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रमम...

मेस्सीले भने– ‘याे मेराे अन्तिम विश्व कप’

काठमाण्डाै – अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् ।  हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका बीबीसीले जनाएको छ । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्व कप हुने बताएका हुन् ।   पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् । मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा ...

पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा

काठमाण्डौ - पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । योसँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो । मोरक्कोका लागि खेलको ४२ औँ मिनेटमा युसेफ एन-नेसरीले गोल गरे । पोर्चुगलले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेन । आजै दोस्रो क्वाटर फाइनलमा इङ्गल्यान्ड र फ्रेन्च खेल्दै छन् । अब मोरक्कोले सेमिफाइनलमा यो खेलको विजेतासँग खेल्नेछ ।

विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ । नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् । तस्बिरहरू– तस्बिरहरू : महेश ज्ञवाली

कतार विश्व कप

मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा : रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

काठमाण्डाै -  कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्न...

साडियो मानेले विश्व कप फुटबल खेल्न नसक्ने

सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्व कप फुटबल खेल्न नसक्ने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने पुष्टि गरेको छ । साथै सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्व कपबाट बाहिरिएको जनाएको छ । विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो । तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ । अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् । विश्व कप फुटबलमा सेन...

१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

काठमाण्डाै - नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् । २०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ ।