काठमाण्डाै - विश्व कप फुटबलमा साविक विजेता फ्रान्स पराजित भएको छ ।
समूह चरणमा फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।
समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ ।
अर्को खेलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्...