आरविवि मर्चेन्ट बैंकिङले १३.१६ % नगद लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले असोज २९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं सिंहदरवारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उक्त दिन अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका लागि पेस गरिनेछन् । साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । यस्तै सभामा करसमेत १३ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ ।

सम्बन्धित सामग्री

आरविवि मर्चेन्टको नगद लाभांश प्रस्ताव पारित

राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडकोे सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी […]

नेपाल पुनर्बीमा कम्पनीले वितरण गर्‍यो नगद लाभांश

फागुन १३, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।  कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।  बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बताएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।  कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको हो ।  पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको १०.५३ % लाभांश साधारण सभाबाट पारित

पुस २९, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव प्रस्ताव पारित गरेको छ ।  कम्पनीले बिहीवार ललितपुरमा २०औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको हो । कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८६ करोड ४० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।  कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ ।  बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख पुग्नेछ । कम्पनीको पुस २७ गतेसम्मको सिडी रेसियो ८६ दशमलव ४३ पुगेको छ । रू. ६ अर्ब ६४ करोड निक्षेप संकलन गरेको कम्पनीले यस अवधिसम्म रू. ५ अर्ब ७४ करोड कर्जा प्रवाह गरको छ ।  उक्त कम्पनीले हाल देशभर २२ ओटा शाखा कार्यालय र दुई ओटा एक्सटेन्सन काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना   रहेको पनि कम्पनीले बताएको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात्  लगानीकर्तामा वितरण हुने छ ।

आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको लिमिटेडले जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत

आरविवि मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ३० गते राष्ट्रिय बाणिज्य बैकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७७/०७८ को नाफाबाट कम्पनीको चुक्ता पूँजीको १०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव. २०७७/७८ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात र २०७७/०४/०१ देखि मिति २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आव. २०७८/७९ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै सभामा कम्पनीको नियमावली संशोधन प्रस्ताव उपर छलफल गरी पारित गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

प्रभु क्यापिटल अब १ अर्बको कम्पनी, ४० प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका सा

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्डलगायत लग...