राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडकोे सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल शहरी […]
फागुन १३, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पहिलो पटक यस वर्ष कुल १९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको पुस २२ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाले १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् वितरण गर्ने बताएको कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।
कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिसकेको जानकारी दिदैं त्यस पश्चात शेयर अभौतिकीकरण गराउनेहरुको हकमा क्रमशः जम्मा गर्दै जाने बताएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको हो ।
पहिलो वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने योजना बनाएको कम्पनीलाई बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो । आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
पुस २९, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव प्रस्ताव पारित गरेको छ ।
कम्पनीले बिहीवार ललितपुरमा २०औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाएको हो । कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८६ करोड ४० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष कम्पनीले बोनस शेयरमा जोड दिएको छ ।
बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ९५ करोड ४ लाख पुग्नेछ । कम्पनीको पुस २७ गतेसम्मको सिडी रेसियो ८६ दशमलव ४३ पुगेको छ । रू. ६ अर्ब ६४ करोड निक्षेप संकलन गरेको कम्पनीले यस अवधिसम्म रू. ५ अर्ब ७४ करोड कर्जा प्रवाह गरको छ ।
उक्त कम्पनीले हाल देशभर २२ ओटा शाखा कार्यालय र दुई ओटा एक्सटेन्सन काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको पनि कम्पनीले बताएको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् लगानीकर्तामा वितरण हुने छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको लिमिटेडले जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत
आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ३० गते राष्ट्रिय बाणिज्य बैकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७७/०७८ को नाफाबाट कम्पनीको चुक्ता पूँजीको १०% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव. २०७७/७८ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात र २०७७/०४/०१ देखि मिति २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आव. २०७८/७९ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।त्यस्तै सभामा कम्पनीको नियमावली संशोधन प्रस्ताव उपर छलफल गरी पारित गर्ने विशेष प्रस्ताव पेश हुने छ ।
प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका सा
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्डलगायत लग...