गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घोषणा

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको २०७७/०७८ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रहेको छ ।  कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात्  लगानीकर्तामा वितरण हुने छ ।