कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ

विजयकुमार थारु/बाँके लाखौँ रुपैयाँ खर्चेर रोजगारीको लागि विदेश जानुपर्छ । त्यसैमा पनि म्यानपावर तथा एजेण्टले ठगीका अनेक तरिका अपनाउँछन् । मलाई पनि एकजना एजेण्टले यूएईमा राम्रो कम्पनीको सेक्युरिटीमा पठाउने भनेर डेढ लाख रुपैयाँ माग्यो । यो गएको अगस्टको कुरा हो । सुर्खेतका मनम घर्ती नाम गरेका एकजनासँग फेसबुकमार्फत नै चिनजान थियो मेरो । उनले नै यूएई पठाइदिने कुरा गरेपछि मैले चिनेकै मान्छे, ठिकै होलान् भन्ने लाग्यो । उनलाई अगस्ट एक तारिखमा एकलाख ४५ हजार रुपैयाँ बुझाएँ ।  कामदार भिसामा पठाउँछु भनेको...

सम्बन्धित सामग्री

इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउने प्रक्रिया स्थगित गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गरेको बताएको हो ।विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।दुई सरकारबीचको श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट

शून्य लागतमा स्थानीय सरकारले नै मौसमी कामदार पठाउन सक्ने

अब स्थानीय सरकारले नै मौसमी कामदार भिसामा नेपाली कामदार पठाउन सक्ने भएका छन् । सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ जारी गर्दै रोजगारदाताले तोकेअनुसार निश्चित स्थानीय सरकारले नेपाली कामदार पठाउन सक्ने...

तीन दशकपछि बेलायत कामदार पठाउन श्रम सम्झौता हुँदै, पहिलो चरणमा नर्स

बेलायत सरकारले नेपालबाट २०४९ सालदेखि श्रम सम्झौता गरी कामदार लैजान प्रस्ताव गर्दै आएको थियो । तर, नेपालमा दक्ष कामदार उत्पादन गर्ने तालिम केन्द्र नहुँदा बेलायतले खोजेजस्तो श्रमिक पठाउन नसकिएको श्रम मन्त्रालयले जनाएको छ ।

स्थानीय तहले दक्षिण कोरियामा कामदार पठाउन नपाउने

काठमाडौं, २० जेठ । अब स्थानीय तहहरुले कामदार दक्षिण कोरियामा पठाउन नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले भगिनी सम्बन्धको आधारमा दक्षिण कोरियामा कामदार पठाउन नमिल्ने भन्दै पत्राचार गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा वैदेशिक रोजगार व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रमा रहेको र वैदेशिक रोजगारीमा पठाउने कामको नियमन, व्यवस्थापन र […]

म्यानपावरलाई सर्बिया कामदार पठाउन अनूमति, कुन–कुन क्षेत्रमा कामदार जान पाउँछन् ?

म्यानपावर व्यवसायीले संस्थागत रूपमै कामदार पठाउनका लागि खुल्ला गरेको श्रम मन्त्रालयले जनाएको छ । अब म्यानपावर  कम्पनीहरूले नै सर्बिया रोजगारीमा कामदार पठाउन पाउने भएका छन् ।

सरकारी प्रक्रियालाई छलेर कामदार पठाउन नहुनेमा श्रममन्त्रीको जोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारी प्रक्रियालाई छलेर कामदार विदेश पठाउन नहुने बताएका छन्।...

दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ माथि दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठ दक्षिण कोरियामा मौसमी कामदार पठाउन आफूमाथि चर्को दबाब परिरहेको खुलासा गरेका हुन् । सोमबार पार्टी निकट युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

मौसमी कामदार कोरिया पठाउन ममाथि दबाब छ : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्षिण कोरियामा कामदार पठाउन चर्को दबाब परेको बताएका छन् ।

सरकारले नै कामदार पठाउन नसक्दा इजरायलले दिने कोटा बढेन

काठमाडौं : सरकारले इजरायलमा कामदार पठाउन नसक्दा कोटा बढ्न सकेको छैन। इजरायलले 'केयर गिभर'का लागि नेपाली कामदार मागे पनि नेपाल सरकारले भने पठाउनसमेत सकेको छैन।  पहिलो चरणमा इजरायलबाट पाँच सयको कामदार माग भई आए पनि पठाउन नसक्दा थप माग नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। करिब ६ महिनाअघि केयर गिभरमा नेपाली कामदारको माग आएको थियो। इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली ‍दूतवासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए। नेपालमा इजरायली राजदूत र श्रम तथ