युक्रेनमा युद्धविरामका लागि काम गर्न रुस र फ्रान्स सहमत

रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो । वार्तामा दुबै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । यसैबीच, युक्रेनको […]

सम्बन्धित सामग्री

रूसी सेनामा कसरी पुगिरहेका छन् नेपाली युवा ?

१३ मंसिर, काठमाडौं । बेलायत र भारतबाहेक अरु देशमा नेपालबाट सैनिक भर्ना पठाउने व्यवस्था छैन । तर आम जानकारीमै छ– फ्रान्स, रुस, अफगानिस्तान, युक्रेन लगायत देशमा नेपाली सैनिकहरु छन् । अमेरिकामै पनि कतिपय यस्ता सैनिक छन्, जसमध्ये धेरैले ग्रीनकार्ड लिए पनि आफूसँग नेपाली नागरिकता साथै राखेका सूचनाहरु छन् । यस्तैमा भर्खरै रुस–युक्रेन युद्धमा तीन नेपाली […]

युक्रेन युद्ध रोक्न माग गर्दै जर्मनी र फ्रान्समा प्रदर्शन

युक्रेनमा शान्ति स्थापनाको माग गर्दै फ्रान्सको पेरिस र जर्मनीको बर्लिन सहरमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएको एक वर्ष पुगेको भोलिपल्ट फ्रान्स र जर्मनीका राजधानीमा युवाहरूले शान्ति आह्वान गर्दै यस्तो र्‍याली निकालेका हुन् ।

युरोपमा बढ्यो दाउराको माग

रुस–युक्रेन युद्धले ऊर्जा संकट भइरहेका बेला जाडोयाम सुरु भएपछि युरोपभर दाउराको माग तीव्र रूपमा बढेको छ । जर्मनी, अस्ट्रिया, फ्रान्स, बेलायत, नर्वे, स्विडेन, बेल्जियम, इस्टोनिया, रोमानिया, स्विट्जरल्यान्डलगायत अधिकांश देशमा दाउराको माग निकै बढिरहेको छ ।

मङ्सिर ४: नेपालमा निर्वाचन सकिए लगतै कतारमा विश्वकप फुटबलको उद्घाटन

मङ्सिर ४ गते नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ। निर्वाचनमा मतदान गर्ने समय साँझ ५ बजेसमयसम्म तोकिएको छ ।मतदान कार्य सकिएको केहि समय भित्र विश्व फुटबलको महाउत्सव अर्थात् फुटबल विश्वकप सुरु हुने छ । कतारमा हुने विश्वकपको उद्घाटन खेल मङ्सिर ४ गते नै नै हुने छ । उद्घाटन खेल अगाडी नेपाल समय अनुसार साँझ ७:३० बजे विश्वकपको औपचारिक उद्घाटन समारोह हुने छ । त्यसपछि राति ९:४५ बजे आयोजक कतार र इक्वेडरबीच विश्वकपको उद्घाटन खेल सुरु हुने छ ।पहिलो दिन एक मात्र खेल हुने छ । त्यस पछि अन्य दिनमा भने १ भन्दा बढी खेल हुने छन् । पहिलो पटक मध्यपूर्व देशमा विश्वकप हुन लागेको हो । कतारमा अध्याधिक गर्मी हुने भएकोले पहिलो पटक जाडोयाममा विश्वकप हुन लागेको हो । आयोजकको हिसाबले कतारले पहिलो पटक विश्वकप खेल्दै छ । विश्वकप आयोजना गर्ने देशले छनौट चरणका खेलहरु नखेली स्वत विश्वकप खेल्ने शौभाग्य पाउने गरेको छ ।प्रतियोगितामा ३२ टिम समावेश छन् । ३२ टिमलाई ८ वटा समुहमा विभाजन गरिएको छ । हरेक समुहमा रहेका हरेक देशले आफ्नो समुहमा रहेका देशसँग १ खेल खेलेपछि समुहको शिर्ष स्थानमा रहने २ टोली अर्को चरण अर्थात् नक आउट चरणमा प्रवेश गर्ने छन् । यस्तो छ समुह: समुह ए : कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड समुह बि: इंङल्याण्ड, इरान, अमेरिका, वेल्स, समुह सी: अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड समुह डि : फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसियासमुह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान, समुह एफ : बेल्जियम, क्यानाडा, मोरोक्को, क्रोएसियासमुह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, केमरुनसमुह एच : पोर्चुगल , घाना, उरुग्वे, साउथ कोरिया ४ पटक विश्वकप जितेको इटालीले छनौट चरण पार गर्न नसकेपछि यो विश्व खेल्ने छैन । त्यस्तै छनौट चरण पार गर्न सक्ने अनुमान गरिएका कोलम्बिया, स्विडेन, चिली, नाईजेरिया, इजिप्ट , अल्जेरिया पनि छनौट हुन सकेनन् । रुसले युक्रेनमा आक्र्मान गरेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएका कारण रुस पनि प्रतियोगितामा छैन । युक्रेन भने छनौट चरण पार गर्न सकेन ।प्रतियोगितामा मङ्सिर ४ देखि मङ्सिर १६ सम्म समुह चरणका खेलहरु हुने छन् । मङ्सिर १७ देखि मङ्सिर २० सम्म प्रि क्वाटरफाइनलका खेलहरु हुने छन् । त्यस्तै मङ्सिर २३ र मङ्सिर २४ मा क्वाटरफाइनलका खेल हुनेछन् । मङ्सिर २७ र २८ मा सेमिफाइनलको खेल हुने छन् भने पुस ३ गते फाइनल खेल हुने छ ।

रुस मान्नैपर्छ भन्ने, युक्रेन मान्दै नमान्ने : के हो मिन्स्क सम्झौताको चुरो ?

पूर्वी युक्रेनमा चलिरहेको पृथक्तावादी द्वन्द्व अन्त्य गर्नका लागि भएको शान्ति सम्झौता लागू नगरिँदा अहिलेसम्म त्यस क्षेत्रमा अशान्ति छ । हालैका दिनमा रुसले युक्रेन सीमानजिक सेना र हातहतियार तैनाथ गरेपछि उक्त शान्ति सम्झौताको पुनः चर्चा हुन थालेको छ । बिहीवार जर्मनीको राजधानी बर्लिनमा रुस, युक्रेन, फ्रान्स र जर्मनीका शीर्ष अधिकारीहरूले शान्ति सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गर्दैछन् । उक्त सम्झौता सन् २०१५ मा बेलारुसको राजधानी मिन्स्कमा हस्ताक्षर गरिएको थियो ।  सम्झौताको दस्तावेजका प्रमुख बुँदाहरू र त्यसको कार्यान्वयनका विषय...

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...