यी हुन् पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिस गरिएका पाँच कृति

काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिसमा परेका पाँच कृतिको सूची सार्वजनिक गरिएको छ। खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि १५ कृतिमध्ये सिफारिसमा परेका ५ कृति सार्वजनिक गरेको हो। अब यी कृतिबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिनेछ। प्रतिष्ठानले २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त कृतिमध्ये पाँच कृति सिफारिस गरेको थियो। नवराज लम्सालको अग्नि, […]

सम्बन्धित सामग्री

पद्मश्रीमा पाँच कृति छनोट

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच साहित्यिक कृतिको छनोट गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले २०६३ सालदेखि एक आर्थिक वर्षमा प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार चयन समितिको सिफारिस अनुसार प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सो सूचीमध्येबाट उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि एक कृतिको चयन गर्ने छ ।

पद्मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक, कुन-कुन कृति परे ?

पद्मश्री साहित्य पुरस्कार-२०८०का लागि विस्तारित सूची(लङलिस्ट) सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पहिलो चरणमा १५ पुस्तकलाई लङलिस्टका रूपमा सार्वजनिक गरेको हो । चयन समितिले १५ पुस्तकमध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ र पद्मश्री साधना सम्मान भक्तराज

काठमाडौं । पद्मश्री साधना सम्मान-२०७७ बाट भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । उनलाई यो सम्मान बुधबार आयोजित एक कार्यक्रमबीच खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा प्रदान गरेकी हुन् । पद्मश्री साहित्य पुरस्कार-२०७७ आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ […]

भजन शिरोमणि आचार्य पद्मश्री साधना सम्मानबाट सम्मानित

काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षक...

पद्मश्री साहित्य पुरस्कार र साधना सम्मान वितरण :: Pahilopost.com

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वर्ष २०७४ का लागि पद्मश्री साधना सम्मान र पद्मश्री पुरस्कार वितरण गरेको छ। प्रतिष्ठानले कोजाग्रत पूर्णिमाको अवसर पारेर बुधबार रसियन कल्चर सेन्टरमा कार्यक्रम आयोजना गरेको हो। पद्मश्री साधना सम्मान साहित्यकार डाक्टर तारानाथ शर्मालाई प्रदान गरियो। त्‍यस्तै पद्मश्री साहित्य पुरस्कार संस्मरणात्मक कृति ‘यार’का लागि साहित्यकार नयनराज पाण्डेलाई प्रदान

शर्मा र पाण्डे पद्मश्रीद्वारा सम्मानित

काठमाडौं : यस वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको कृति "यार'लाई प्रदान गरिएको छ भने लामो समयदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अमूल्य योगदान पुर्‍याएका डा. तारानाथ शर्मालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ह...

पद्मश्री साहित्य पुरस्कार 'यार'लाई

काठमाडौं : यो वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको संस्मरणात्मक कृति 'यार'लाई प्रदान गरिने भएको छ। खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गरी पद्मश्री पुरस्कार–२०७४ को घोषणा गरेको हो। प्रतिष्ठानले पद्मश्री साधना सम्मान झर्रोवादी अभियानका अभियन्ता डा. तारानाथ शर्मालाई प्र...