पद्मश्री साहित्य पुरस्कार-२०८०का लागि विस्तारित सूची(लङलिस्ट) सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पहिलो चरणमा १५ पुस्तकलाई लङलिस्टका रूपमा सार्वजनिक गरेको हो । चयन समितिले १५ पुस्तकमध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने पनि प्रतिष्ठानले जनाएको छ ।