पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच साहित्यिक कृतिको छनोट गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले २०६३ सालदेखि एक आर्थिक वर्षमा प्रकाशित नेपाली साहित्यका पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कार चयन समितिको सिफारिस अनुसार प्रतिष्ठानमा प्राप्त पुस्तकमध्येबाट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो । सो सूचीमध्येबाट उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि एक कृतिको चयन गर्ने छ ।