काठमाडौँ – सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरिएको थियोे। उनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो। दोलखा गौरीशंकर गाउँपालिका–१ जुगुका २७ वर्षीय विक्रम कार्की र २० […]