धादिङ -राजनीति दलको उम्मेदवार बन्न राजनीति दलको सिफारिस अर्थात टिकट चाहिन्छ । धादिङ जिल्लामा एकै पार्टीको एउटै पदमा दुई/दुई जनालाई टिकट दिएपछि टिकट पाउने दुवैले मनोनयन दर्ता गराएपछि नेकपा एमाले र नेपाली कांग्रेसलाई तनाव थपिएको छ । थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कृष्ण पन्त र रामकुमार आचार्य दुवैलाई नेकपाए मालेले टिकट दिएपछि मनोनयन दर्ता गराएकाछन् […]