अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरिएको छ । हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जसको सार्वजनिक हमालले नै गरेका थिए ।ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला&rs