भारतको उत्तर प्रदेशको रामपुरमा केही दिनअघि नर्सबाट कुटाइ खाएका एक चिकित्सक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । नर्स र डाक्टरबीचको कुटाकुटको भिडियो भाइरल बनेको थियो । भिडियो भाइरल भएपछि डिस्ट्रिक्ट मजिस्ट्रेटले चिकित्सकलाई बर्खास्त गरेका थिए । तर पछि उनलाई फेरि सरकारी अस्पताल ल्याइयो । डा बीएम नागरको शव उनको सरकारी निवासमा फेला परेको हो । स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू घटनास्थल पुगेका थिए । सीएमएसले चिकित्सकको मृत शरीर निजी एम्बुलेन्समा राखेर गाउँ पठाउन खोजेका थिए तर प्रहरीले लग्न दिएन । पछि डा नाग...