काभ्रेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्तिसँगै भौतिक संरचनाको अभाव

काठमाण्डौ – काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पतालमा दक्ष जनशक्ति, भौतिक संरचना र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विशेषज्ञ चिकित्सक नहुँदा विपी राजमार्गको छेउमा रहेको सरकारी अस्पताल मेथिनकोटमा पुग्ने बिरामीले उपचार पाउन सकेका छैनन् । अस्पतालले प्रदेश सरकारबाट पाँचवटा डायलायसिस मेसिन पाएको छ तर यो सेवा सञ्चालन गर्न दक्ष जनशक्ति अभाव छ । अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक औषधि नहुँदा समस्या भएको बताउनुभयो । ...