काँग्रेस रसुवाका नेता मोहन आचार्यले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छन् । प्रतिनिधिसभा सांसद समेत रहेका आचार्यले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै देशभरका प्रतिनिधिले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।विकासप्रेमी नेता आचार्य रसुवामा जनतामाझ लोकप्रिय रहेका छन् भने लोकप्रियताकै कारण संसदको चु