मन्थली विमानस्थल स्तरोन्नतिः म्याद सकिन १ महिना बाँकी, कान्छाराम कन्ट्रक्सनले ग्रावेल मात्रै गर्‍यो

रामेछापको जिल्ला सदरमुकाम मन्थलीस्थित आन्तरिक विमानस्थल अहिले स्तरोन्नतिको चरणमा छ । काठमाडौँबाट २२ मिनेटको उडानमा पुग्न सकिने विमानस्थल करिब १ दशकदेखि बन्द प्रायः थियो । बेला बेलामा आकस्मिक उडानबाहेक अरु उडान नहुने रामेछाप विमानस्थलले जहाजको प्रतिक्षा गरेको लामो समय भयो ।गत एक सिजन काठमाडौँ विमानस्थल मर्मतका क्रममा लुक्लाको उडान मन्थलीबाट गरिएको थियो । तर, अब भने बाह्रै महिना सञ्चालन हुने गरी मन्थली एयरपोर्ट स्तरोन्नतिको पहिलो चरणको काम सकिएको छ । यद्यपी, तोकिएकै मितिमा भने सम्पूर्ण काम नसकिने भएको छ ।के के हुँदैछ काम ?मन्थली विमानस्थल स्तरोन्नतिको कामको ठेक्का कान्छाराम कन्ट्रक्सनले पाएको थियो । ९० मिटर धावन मार्ग (रन वे) थप गर्ने र थप ४ वटा साना जहाज पार्किङ गर्न सकिने गरी पार्किङ वे विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।अहिले ग्रावेल लेयरको काम सकिएको छ भने पीचको काम बाँकी छ । विमानस्थलको परिसर भित्र तारजाली लगाईएकै जग्गाभित्र दुईतिर गरेर जम्मा ९० मिटर धावन मार्ग विस्तार गरेर ६२० मिटरको पुर्याईने छ । १ सय मिटर लम्बाई र ५० मिटर चौडाईको पार्किङ क्षेत्र विस्तार गरी थप ४ वटा जहाज पार्किङ गर्न मिल्ने बनाईने छ ।यसअघि रन वे १ हजार मिटर लामो बनाउने भनिएपनि त्यसको काम अहिलेको ठेक्कामा समावेश छैन । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्यसको सम्भाव्यता अध्ययनको काम गरिरहेको छ ।कहिलेसम्म सकिन्छ काम ?कान्छाराम कन्ट्रक्सनले ३ करोड ६४ लाख (भ्याट बाहेक)मा यो आयोजना ठेक्कामा लिएको हो । सम्झौता अनुसार माघ १४ गते काम सक्नुपर्नेछ । तर, मुस्किलले एक महिना मात्रै समय बाँकी रहेकाले नेपाली काँग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्ण बहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्ट्रक्सन कम्पनीले समयमै काम नसक्ने निश्चित भएको छ ।विमानस्थलको धावनमार्ग पीचको काम संवेदनशील र क्यानसहित अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार हुनुपर्ने भएकाले अबको एक महिनामा काम सकिन मुस्किल छ । आयोजनाको अनुगमनका लागि क्यानबाट खटिएका इन्जिनियर विनायक भट्टराई पनि माघ १४ सम्म काम सकिनेमा शंका व्यक्त गर्छन् । दोस्रो चरणको काम अबको केही दिनमै सुरु गर्ने र तोकिएकै मितिमा सम्पन्न गर्न कोशिस गर्ने उनको भनाई छ ।

सम्बन्धित सामग्री

मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताउनुभएको छ ।

मन्थली विमानस्थलमा विदेशी पर्यटक भरिभराउ

वसन्तकालीन हिमाल आरोहण र पदमार्गमा जाने पर्यटकका कारण मन्थली विमानस्थल भरिभराउ हुन थालेको छ । मन्थलीबाट लुक्ला उडान सुरु भएसँगै हिमाल आरोहण र पदयात्राका लागि सगरमाथा क्षेत्र जाने पर्यटकले विमानस्थल भरिभराउ बनेको हो ।

२४ घण्टाको विपद् : १६ को मृत्यु, १७ बेपत्ता

पछिल्लो २४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ । दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन् । आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा रामेछाप जिल्लाको मन्थली विमानस्थल

मन्थली–लुक्ला उडान सुरु

रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सिता एयरले बिदेशी पर्यटकहरुका लागि शनिबारदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।दसैंको बेला काठमाडांैको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम भएपछि ती कम्पनीहरुले बिदेशी पर्यटकहरुलाई मन्थली विमानस्थल सम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भरेका हुन् ।यसअघि कोरोना महामारीका कारण दुई वर्षदेखि […]

लुक्ला उडान सुरु भएसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त

रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो ।

सोलुखुम्बु : कार्गो विमानमा मानिसको समेत यात्रा, प्रशासन भने बेखबर !

सोलुखुम्बु : रामेछाप–लुक्ला कार्गो ढुवानी गरिरहेको विमानमा मानिसले समेत यात्रा गर्ने गरेको पाइएको छ ।  सोमबार लुक्लाबाट रामेछाप एक जना र रामेछापबाट लुक्लासम्म एकजनाले यात्रा गरेको मन्थली विमानस्थल रामेछापले स्वीकार गरेको छ ।  लकडाउनका कारण खाद्यान्नसँंगै निर्माण सामाग्रीको अभाव हुने भएकाले खुम्बु...

मन्थली विमानस्थलमा लुक्ला जाने पर्यटकको भीड

लुक्का जाने विदेशी पर्यटकका कारण रामेछापको मन्थली विमानस्थलमा चहलपहल निक्कै बढेको छ । मन्थली विमानस्थल प्रयोग गरेर सोलुखुम्बु जिल्लाको लुक्ला जाने विदेशी पर्यटक बढेसँगै सदरमुकाम मन्थलीमा विदेशी पर्यटकहरुको चहलपहल बढेको हो । विदेशी पर्यकहरु काठमाडौंबाट मन्थलीसम्म बास, बाइक्रोबस र सुमोमा आउने र मन्थली विमानस्थलबाट तारा एयर, समिट एयर र सीता एयरका विमानबाट सगरमाथाको आधार शिविर आवतजावत गर्न लुक्का विमानस्थलमा झर्ने गरेका छन् ।

ठूलीचौरको विकल्पमा मन्थली विमानस्थल स्तरोन्नति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा देखिएको चाप कम गर्न सरकारले तीन विकल्प अघि सारेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साना विमानको लागि पहिलो प्राथमिकतामा काभ्रेको धुलिखेलनजिक ठूलीचौर विमानस्थल निर्माण गर्ने र त्यो सम्भव नभए उपत्यकाभित्रै नयाँ विमानस्थल निर्माणका लागि जग्गा खोज्ने जनाएको छ ।

मन्थली विमानस्थल व्यस्त: स्थानीयले लिन सकेनन् लाभ

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ छ। नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल उडान गर्ने व्यवस्था गरेकाले अहिले मन्थली विमानस्थल बिहानैदेखि पर्यटकले खचाखच हुने गरेको हो। मन्थली विमानस्थलबाट सीता, तारा र समिट एयरले नियमित उडान गरिरहेका छन्।