मन्थली विमानस्थलमा विदेशी पर्यटक भरिभराउ

वसन्तकालीन हिमाल आरोहण र पदमार्गमा जाने पर्यटकका कारण मन्थली विमानस्थल भरिभराउ हुन थालेको छ । मन्थलीबाट लुक्ला उडान सुरु भएसँगै हिमाल आरोहण र पदयात्राका लागि सगरमाथा क्षेत्र जाने पर्यटकले विमानस्थल भरिभराउ बनेको हो ।

सम्बन्धित सामग्री

कन्याम र अन्तुमा पर्यटकको भिड

अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन कन्याम र अन्तुमा स्वदेशी र विदेशी पर्यटक भरिभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबार थप भिडभाड बढेको छ । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् ।

नयाँ वर्ष नजिकिएसँगै सौराहामा चहलपहल शुरु, अधिकांश होटल भरिभराउ

चितवन । नयांँ वर्ष नजिकिएसँगै चितवन (Chitwan)को सौराहामा पर्यटकको चहलपहल बढ्न थालेको छ । नयांँ वर्षको आगमनसँगै सौराहा (Sauraha)मा केही सातादेखि रुम बुकिङ्ग गर्ने पर्यटकको संख्या पनि बढ्दै गएको छ । अघिल्ला वर्षहरूमा भन्दा अहिले पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीहरू बताउँछन् । बुधवारसम्म अधिकांश होटलहरू (Hotels) ८० प्रतिशत हाराहारीमा बुकिङ्ग (Booking) भइसकेको उनीहरूको भनाई छ ।  रोयल टाइगर लक्जरी, सौराहाका सञ्चालक राज अधिकारी सौराहामा यो हप्तादेखि नै पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । आन्तरिक एवं बाह्य पर्यटकको आगमन पनि क्रमशः बढ्दै गएको अधिकारीले बताए । ‘अघिल्लो वर्षभन्दा अहिले चाडै नै रुम प्याक हुन थालेको छ,’ अधिकारीले भने, ‘पर्यटकको संख्यामा पनि वृद्धि भएको पाएका छौं ।’  उनका अनुसार बिहीवारसम्म उनको होटलका सबै रुम बुकिङ्ग (Room Booking) भइसक्ने छ । ‘आजसम्म ८० प्रतिशत रुम प्याक भइसकेका छन्,’ उनले भने, ‘सम्भवतः भोलिसम्म सबै सकिन्छ ।’ होटलमा सांस्कृतिक कार्यक्रमसहित अन्य सेवासुविधा र होटलको साजसज्जामा पनि थप गरिएकाले पनि पर्यटक भरिभराउ भइसकेको उनले बताए ।  कोरोना (Covid 19)को प्रभाव मत्थर हुँदै जांँदा सौराहामा अघिल्लो वर्षभन्दा यो वर्ष बाह्य पर्यटक (Tourist) पनि बढ्न थालेका हुन् । विशेषगरी सौराहामा जंगल गतिविधिको लागि चाइनिज पर्यटकहरू उल्लेखनीय मात्रमा आएको व्यवसायीहरू बताउँछन् ।  जंगल सफारी लज, सौराहाका सञ्चालक सुमन घिमिरे बुधवार नै सबै रुमहरू प्याक भइसकेको बताए । ‘अहिले अलि चाँडो रुम प्याक भयो,’ घिमिरेले भने, ‘एक त नयाँ वर्षको दिन शुक्रवार र शनिवार पनि बिदा छ । अर्को कुरा नेपालीको घुम्ने बानीको विकास पनि भएको छ ।’  अघिल्ला वर्षहरूमा एक रात बस्ने पर्यटकहरू धेरै भए पनि यो वर्ष बिहीवारदेखि नै नयांँ वर्ष मनाउने आउने पर्यटक बढेको बताए ।  विदेशी पर्यटकहरू पनि आउन थालेपछि यो नयाँ वर्षमा पर्यटकको संख्या थप बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । व्यवसायीले सौराहाका मुख्य चौकहरूमा विभिन्न जातजातिका झाँकीसहित कार्यक्रमसमेत गर्ने भएका छन् । पर्यटकहरूलाई छूट र सहुलियतभन्दा सेवाहरू थप गरी सन्तुष्ट पार्ने उद्देश्य रहेको क्षेत्रीय होटल संघ, सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराई बताउँछन् । ‘हामीले अहिले केही छूट सहुलियत त दिन्छौं नै । तर, योभन्दा पनि सेवा र सन्तुष्ट दिने विषयमा केन्द्रित छौं,’ उनले भने । पर्यटकको बसाई लम्ब्याउन र पटक पटक फर्कने वातावरण बनाउन व्यवसायीहरू केन्द्रित रहेको उनको भनाई छ ।  अन्य समय सौराहामा पर्यटकहरू सुस्ताए पनि नयाँ वर्ष (New Year), सिजन र भ्यालेन्टाइन डे (Valentine Day)मा चाप बढ्ने गरेको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा नेपालमा साँढे दुईलाख पर्यटक भित्रिसकेका छन् । त्यसको न्यूनतम १० प्रतिशत पर्यटक सौराहा आउने गर्दछन् । सौराहा आउने पर्यटकमध्ये २० प्रतिशत विदेशी पर्यटक हुने व्यवसायीहरू बताउँछन् ।  क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष गंगा गिरी अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटक आगमन सन्तोषजनक भएको बताउँछन् । ‘हामी त्यति हतोत्साहित पनि छैनौं, उत्साहित पनि छैनौं,’ उनले भने, ‘तर, सन्तोषजनक र आशावादी भने छौं ।’ देशमा आर्थिक मन्दी भए पनि नेपाली संस्कृतिमा घुम्ने बानीको विकास भएकोले आन्तरिक पर्यटकको संख्यामा भने वृद्धि हुँदै गएको उनको भनाई छ ।  सौराहामा १३० को हाराहारीमा पर्यटकस्तरीय होटल छन् भने सयको हाराहारीमा रेष्टुरेण्ट एण्ड बार छन् । सौराहामा एकैदिन साढे ६ हजारभन्दा बढी पर्यटकलाई सेवा दिने क्षमता छ ।

मुस्ताङ, तिलिचो र गोक्योमा आन्तरिक पर्यटकको घुइँचो

काठमाडौँ : कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिएको छ । पछिल्लो एक वर्षमा नेपालमा स्वदेशी तथा विदेशी पर्यटक भरिभराउ हुन थालेका छन् । खासगरि दसैँ तिहारपछिको चिसिँदो मौसममा हिमाली जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको ओइरो लागेको छ । जसको ज्वलन्त उदाहरण हो, मुस्ताङ, मनाङदेखि रसुवा र सोलुखुम्बु । खासगरि उच्च हिमाली भेगमा रहेका ताल […]