लुक्का जाने विदेशी पर्यटकका कारण रामेछापको मन्थली विमानस्थलमा चहलपहल निक्कै बढेको छ । मन्थली विमानस्थल प्रयोग गरेर सोलुखुम्बु जिल्लाको लुक्ला जाने विदेशी पर्यटक बढेसँगै सदरमुकाम मन्थलीमा विदेशी पर्यटकहरुको चहलपहल बढेको हो ।
विदेशी पर्यकहरु काठमाडौंबाट मन्थलीसम्म बास, बाइक्रोबस र सुमोमा आउने र मन्थली विमानस्थलबाट तारा एयर, समिट एयर र सीता एयरका विमानबाट सगरमाथाको आधार शिविर आवतजावत गर्न लुक्का विमानस्थलमा झर्ने गरेका छन् ।