काठमाडौं : पछिल्लो एक वर्षयता नेपालमा राजनीतिक गतिविधि निकै अस्थिर बनिरहेको छ। सत्तारूढ दल विभाजन भएको छ र नेताहरूबीचको तिक्तता प्रदेश र स्थानीय तहसम्म फैलिएको छ। छिमेकी देशहरू भारत र चीन भने यही अस्थिरताको मौका छोप्दै नेपालको आन्तरिक मामिलामा कम्मर कसेर लागेका छन्। उनीहरूका गतिविधि कतै प्रत्यक्ष प्रकट भइरहेको छ भने कतै आफू अनुकूलका नेतामार्फत 'इच्छा' व्यक्त हुन थालेको छ।नेपालको घरेलु राजनीतिक विवादबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर