नेकपा एमालेका सांसद शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजा फुकुवासम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका छन् । प्रतिनिधि सभामा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आग्रह गरे । यस्तै उनले अविरल परेको बर्षाबाट शनिवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए । उनले पहिलोबाट बाटो समेत अवरुद्ध भएक