परराष्ट्रमन्त्री डा. आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको हो ।भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्...
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतका नवनियुक्त राजदूत श्रीवास्तव र अध्यक्ष नेपालबीच शनिवार भेटवार्ता भएको हो । अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो निवासमा राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको जानकारी दिएका छन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, अहिलेको वर्तमान परिवेश लगायतका […]
काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आज भेटघाट भएको छ।अध्यक्ष नेपाललाई भेट्न राजदूत श्रीवास्तव कोटेश्वरस्थित निवासमा पुगेका हुन्। अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई स्वागत गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको नेता नेपालको सचिवालयले जनाएको छ ।श्रीवास्तवले शिष्टाचार भेटपछि दुई देशबीचको सम
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको निवास पुगेका छन् अध्यक्ष नेपाललाई भेट्न उनी शनिवार साँझ कोटेश्वर पुगेका हुन् । भेटमा नेपाल भारत सम्बन्ध र अहिले व्याप्त समस्या लगायतका विषयमा कुराकानी भएको छ । अध्यक्ष नेपालले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
नेपाल–भारत सम्बन्ध सुमधुर र विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले भने, ‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हो।’…