अध्यक्ष केसीको अनुभव : जब रामराजा सिंह भारतको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बने…

लक्ष्मी चौधरी, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा भारतका लागि काम गर्ने संगठित राजनीतिक शक्ति रहेको बताउनुभएको छ । केसीले मधेशवादी दलहरुप्रति लक्षित गर्दै नेपालमा ‘भारतका एजेण्डा लागू गर्न गठन भएको शक्ति’ को संज्ञा दिनुभएको छ । राजमो नेता मनोज भट्टद्वार लिखित पुस्तक ‘नेपाल भारत सम्बन्ध’ विषयक पुस्तकको शनिबार राजधानीमा विमोचन गर्दै अध्यक्ष केसीले राजनीतिक दलका नेता र प्रशासकहरु आफ्नो छुद्र स्वार्थका लागि विदेशीको गोटी बन्ने गरेको बताउनुभयो । ‘आफ्नो निजी स्वार्थका लागि नेपालका कैयौं राजनीतिक दलका नेता र प्रशासकहरु विदेशीको गोटी बन्ने गरेका छन् । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई तिलाञ्जली दिएर भएपनि उनीहरु आफ्नो स्वार्थ पुरा गर्न खोज्छन्’ उहाँले भन्नुभयो, ‘अहिले त नेपालमा भारतकै लागि काम गर्ने संगठित शक्ति तयार छ । भारतको सबै खेल नेपाललाई सिक्किम बनाउने हो ।’ केसीले नेपालको राजनीतिमा भारतले कसरी हस्तक्षेप गर्दोरहेछ भन्ने आफ्नो अनुभव पनि सुनाउनुभयो । २०६२-०६३ सालको जनआन्दोलनपछि नेपालमा गणतन्त्र आयो । २०६५ सालको असार १ गते नारायणहिटी दरबार संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री तथा कार्यबहाक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाले सबै दलका अध्यक्षलाई बोलाएका थिए । पार्टी प्रमुखहरु १ नं पालमा बसेका थिए, जहाँ रामराजा प्रसाद सिंह पनि थिए । केसीले त्यतिबेलाका दृष्य सम्झँदै भन्नुभयो, ‘यत्तिकैमा तत्कालिन भारतीय राजदूत त्यहाँ आए र रामराजालाई भने ‘आपका सरपर बहुत बडा जिम्मेवारी आनेवाला है, आपको एडभान्स शुभकामना !’ भारतले रामराजालाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरिसकेको रहेछ।’ केसीले थप्नुभयो, ‘त्यसपछि मैले सीपी मैनाली, नाराणमान बिजुक्छेलगायत नेताहरुसँग ‘भारतले त नेपालमा राष्ट्रपति बनाइसकेछ नि भनेँ र उनलाई कुनैपनि हालतमा राष्ट्रपति बनाउन हुँदैन भनेर सल्लाह भयो ।’ अध्यक्ष केसीका अनुसार त्यसपछि माओवादीले भारतीय योजना बमोजिम रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनायो, नेपाली कांग्रेसबाट डा. रामबरण यादव उम्मेदवार बने । पहिलो चरणको चुनावमा डा. रामबरण यादव र रामराजा प्रसाद दुुवैले ५१ प्रतिशत भोट ल्याउन सकेनन् । त्यसपछि साउन ६ गते राष्ट्रपतिको दोस्रो चरणको चुनाव निश्चित भएको थियो । चुनाव हुनुअघि राजमोले साउन ...

सम्बन्धित सामग्री

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ हुनुभएको बताउनुभयो । …

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दर्ता गराएका हुन् । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले […]

'नेम्वाङ अनुभवी र योग्य उम्मेदवार'

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका हुन्।

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताउनुभएको छ । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज (शनिबार)उम्मेदवारी दिनुभएको हो ।