नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
नेपाल–भारत सम्बन्ध सुमधुर र विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’