काठमाडौं। मनाङका बाढीपहिरो पीडित १८० जनालाई सुरक्षित स्थानमा सारिएको छ। सेनाको हेलिकप्टरको सहयोगले उनीहरुलाई अन्यत्र सारिएको मनाङका निवर्तमान सांसद पोल्देन छोपाङ गुरुङले बताए। आज हेलिकप्टरमार्फत खाद्यान्न र अन्य सामग्री वितरण गरिएको उनले बताए। सोही हेलिकप्टरबाट अशक्त, बालबालिका र जेष्ठ नागरिकलाई४० जनालाई पोखरा सार्ने योजना रहेको गुरुङले बताए। यसअघि ५० अशक्त, बालबालिका र जेष्ठ नागरिक काठमाडौं र पोखरा सारेको बताइएको छ।