गठबन्धन दुई दिनको पाहुना हो, अदालत यसको उलामालामा लाग्नु हुँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् ।  शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए ।उनले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु ।’ उनले यदि देशको पक्षमा, लोकतन्त्रको पक्षमा र न्यायको पक्षमा कदम चाल्न प

सम्बन्धित सामग्री

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छ : केपी ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम  चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्।मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज (मंगलवार) सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए।सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो। आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq

राजनीति भद्रगोल भयो, संसद पंगु भयो : केपी ओली

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पंगु भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले गठबन्धन सरकार बनेपछि संसद, संसद जस्तो नभएको र अदालत, अदालत जस्तो हुन नसकेको बताएका हुन् । ‘यो गठबन्धनको एक बर्षको सरकारमा हामीले देख्यौं, भोग्यौं हामीले । अर्थतन्त्र ओरालो लाग्यो, […]

एआइजी पोखरेल र थापा अदालत गए भने के हुन्छ?

काठमाडौंँ- मन्त्रिपरिषद्‌को आइतबारको बैठकले एआइजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजी)  नियुक्त गरेपछि प्रहरी नेतृत्वको दाबेदारीमा रहेका विश्वराज पोखरेल र सहकुल थापाले अदालतको ढोका ढक्ढक्याउने भएका छन्। आइतबार श्रमिक दिवस भएका कारण अदालत बन्द रहे पनि पोखरेल र थापाले आफू निकटका कानुन व्यवसायीसँग परामर्श थालेको स्रोतले जानकारी दिएको छ। केपी ओली नेतृत्व सरकारले पोखरेल र थापालाई […]

विप्लवका म्याग्दी इन्चार्जविरुद्ध पक्राउ पूर्जी : जिल्ला प्रशासनमा धर्ना

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रीय सदस्य तथा म्याग्दी बागलुङ इन्चार्ज ध्रुव घिमिरे (विप्लव) को नाममा जिल्ला अदालत म्याग्दीले ३५ दिने पक्राउ पूर्जी जारी गरेको विरोधमा म्याग्दीमा प्रदर्शन भएको छ।तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार र नेकपा विप्लवबीच भएको ३ बुँदे सहमतिविपरीत पूर्जी जारी गरेको भन्दै यसविरुद्ध नेकपा विप्लवले सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना र प्रदर्शन गरेको हो।सरकार–विप्लव नेकपाबीच भएक

विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, हटाइयो : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो

नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भए : बाबुराम भट्टराई

काठमाडाैं : जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली फेरि पनि चतुर भएका बताएका छन्। आज साँझ एक ट्विट गर्दै भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको लेखेका छ्न्। सिद्धान्तहीनता, खुराफात,किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका उनको लेखाइ छ। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने पनि उनले लेखका छन्। साथै उन

नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भए : डा. बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी ओली पुनः चतुर साबित भएको टिप्पणी ट्विटरमार्फत् गरेका छन्। “जनतालाई कोरोना आतङ्कबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ।सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएका छन्। अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ,” उनले लेखेका छन्।

प्रधानमन्त्री केपी ओली मूर्ख सिकारी झैँ : चित्रबहादुर केसी (फोटो)

शंकरप्रसाद पोख्रेल/तम्घास (गुल्मी) ।। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीलाई मूर्ख सिकारी झैँ भएको बताउनुभएको छ । मूर्ख सिकारीहरूले दिनभरिको मिहिनेतका साथ मारेको माछा खोलामा फालेर मृगको पछि दगुर्दा माछा र मृग दुवै गुमाएको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले पनि मूर्ख सिकारीले नै गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै प्रधानमन्त्री रहेको जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि उहाँको माग के भन्दा आफ्नो नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार ।’ उहाँले योभन्दा मुर्ख कुरा केही नभएको दावी गर्दै भन्नुभयो– ‘ढुक्कसँग दुईतिहाइको हाराहारीमा बहुमत भएको संसदलाई विघटन गर्नुभन्दा मूर्खता अरू केही हुन सक्दैन ।’ उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीलाई घिउ पचेन ।’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजमो अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउँदै अदालतले यसभन्दा अघि जे गरे पनि यस पटक जनताको पक्षमा फैसला गरेको बताउनुभयो । ‘अदालतले पाप पखाल्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसभन्दा अघि जे गरे पनि अदालत, न्यायाधीस, वकिलहरू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिए । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनुपर्दछ ।’ उहाँले संसद पुनस्र्थापना हुनु राम्रो भए पनि अब बन्ने सरकारको क्रममा सांसदको खरिदबिक्रीदेखि राष्ट्रघाती सन्धिसम्झौता हुन सक्नेतर्फ सचेत गराउँदै जनताले तिनीहरूको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा सङ्घीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो । अहिले नै धान्न धौ धौ भएको सङ्घीयता खारेज गर्न जनता एक पटक फेरि सडकमा उत्रिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सम्बोधनको क्रममा उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती भएकाले त्यसको खारेज हुनुपर्ने माग गर्नुभयो । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका समितिको आयोजनामा २०७७ फागुन १४ गते पालिकाकेन्द्र पुर्तिघाटमा आयोजना गरेको बृहत् जनसभालालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले पनि मन्तव्य राख्नुभएको थियो । जनसभामा रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुन, राष्ट्रिय ...

युवा वक्तासँग प्रचण्डको प्रतिबद्धता : बाँकी जीवन कुर्सीको निम्ति हुन्न

२८ माघ, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बुधवार राजधानीमा विशाल जनप्रदर्शन गरेको छ । तेस्रो चरणको मैझारो गर्दै यो समूहले गरेको सभाका वक्ताहरुले सर्वोच्च अदालत, निर्वाचन आयोग र केपी ओली केन्द्रित भाषण गरे । संसद् विघटन गरी प्रतिगामी कदम चालेकाले ओलीको राजनीति सिद्धिएको निष्कर्ष सुनाएका बक्ताहरुले संविधान र कानूनअनुसार, निर्णय लिन अदालत […]

संसद विघटन सदर भए अदालत लत्रियो भनेर सहजै बुझ्नुपर्ने हुन्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले केपी ओली सरकारको संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले कायम गरेमा ‘अदालत लत्रियो’ भनेर सहजै बुझ्नु पर्ने बताएका छन् । नेपाली काँग्रेसको झापा –काठमाडौं सम्पर्क समिति क्षेत्र नं ३ ले शनिबार राजधानीमा आयोजना गरेको भेलामा सिटौलाले ओली सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले सदर नगर्ने विश्वास आफूलाई भएको जनाउँदै अदालतले प्रधानमन्त्रीका गलत कदमलाई रोक्न सकेन भने देश दुर्घटना