म्याग्दी : धौलागिरि हिमालको फेद। चारैतिर हरियाली भूगोल। अनकन्टार ठाउँमा ताल। तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर। वरिपरि खर्क र बुकीसहितको हिमाली दृश्य। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा धौलागिरि हिमालको फेदैमा अवस्थित सप्तऋषिको तपस्थली र ‘हिमालका देवता’को बासस्थान मानिएको प्रसिद्ध रिखार क्षेत्रको मनमोहक प्राकृतिक दृश्य हो यो।बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित सो क्षेत्र धार्मिक दृष्टिले