ललितपुर- साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आराधना गर्न ठूलो सङ्ख्यामा मानिस भित्रिएका हुन् । हिजो राति ११ बजे देखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए। उनले भने, “महादेवको […]