पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमामा मेला लाग्ने

सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनै पूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन । यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँचवटा ताल रहेका छन् । संसारकै उच्च