पाकिस्तानका पूर्व सैन्य नेता परवेज मुसर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुसर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । स्रोतका अनुसार मुसर्रफलाई एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ । जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसर्रफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ । पूर्वराष्ट्रपति मुसर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुसर्रफको स्वास्थ्य