पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई पाकिस्तान फर्कन अवरोध नगर्ने बताएका छन् । हाल गम्भीर रोगबाट थलिएका मुसर्रफले दुबईको अस्पतालमा उपचार गराइरहेका छन् ।शुक्रबार उनको मृत्यु भएको हल्ला चलेको थियो । पछि उनको परिवारले विज्ञप्ति जारी गर्दै उनी अस्वस्थ रहेको र विगत तीन सातादेखि अस्पतालमा रहेको जानकारी दिएका थिए ।ख्वाजा आसिफ नवाज शरीफको पार्टी मुस्लिम लिग (एन) का वरिष्ठ नेता हुन् र सन् १९९९ मा जनरल परवेज मुसर्रफले यही दलका प्रधानमन्त्री नवाज शरिफको