डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या केही मात्रामा घटे सँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि खुकुलो पार्दै लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा सातौँ पटक खुकुलो पार्दै निषेधाज्ञा थपिएको हो।