डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा चौथो पटक निषेधाज्ञा थपिएको हो।
गोरखा जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो ।
जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।
जेठ २२, रुकुम । रुकुम पश्चिममा फेरि निषेधाज्ञाको समय बढाइएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपेको हो ।
महामारीका रुपमा फैलिएको कोेरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तीव्र रुपमा बढेकोले निषेधाज्ञा चौथो पटक थप्नु परेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् ।
प्रजिअ गैह्रेले भने ‘अझै कोरोना भाइरस संक्रमण नियन्त्रण नभएको र जिल्लामा संक्रमण फैलावटको साङ्लो तोड्न एवम् संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञाको समय वढाउनु परेको हो ।
उनले भने, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ का उपदफा ९३० बमोजिम निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।
निषेधाज्ञा पहिलो पटक वैशाख १९ गते आइतवार बिहान ६ बजेदेखि वैशाख ३१ गते र जेठ १ गतेदेखि जेठ ७ गतेसम्म दोस्रो पटक र जेठ ७ गतेदेखि २२ गतेसम्म तेस्रो पटक समय थपिएको अवधिमा पनि कोरोना भाइरस नियन्त्रण नभएपछि चौथो पटक जेठ ३१ गते ९ दिन निषेधाज्ञाको समय थपिएको जिल्ला प्रशासन कार्यालय रुकुमका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिएका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जानकारी दिएको छ । तर सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुमा खुल्ने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले बिहान १० बजेदेखि २ बजेसम्म स्वास्थ्य मापदण्ड पालन गरी कारोबार गर्ने छन् भने सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितमा मापदण्ड पालना गरेर सञ्चालन हुने छन् ।
कोरोना भाइरसबाट जिल्लामा हालसम्म जिल्लामा १ हजार ८१५ जना संक्रमित भएका छन् । जसमध्ये २५ जनाको मृत्यु भएको छ । भने १ हजार २३७ जना निको भएका छन् । हाल जिल्लाका विभिन्न अस्पतालमा ४६ जना बिरामी उपचारार्थ छन् भने ४२० जना होम आइसोलेसनमा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेध आदेश जेठ ३१ गते राति १२ बजेसम्म लम्ब्याएको छ । कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भएको भन्दै जिल्लाभर जारी आदेश चौथो पटक थप भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।
जेठ २०, महोत्तरी । महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज (जेठ २०) गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागू हुने गरी पुन: ११ दिन थप गरेको हो ।
पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायम नै रहेको हुँदा भिडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
यस अवधिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।
अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दुध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।
जिल्लामा अहिले बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महाव्याधि संक्रमणले ६९ जनाको ज्यान गइसकेको छ । यस अवधिमा दुई हजार ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जानकारी दिएको छ । यस अवधिमा ४८५ जनाले संक्रमण जितेका छन् । अब एक हजार ७७८ जनामा अझै संक्रमण पाइएको कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए । रासस
जनकपुरधाम : कोरोना महामारीको नयाँ भेरियन्टको दोस्रो लहर सुरु भएसँगै धनुषामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ।सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।तेस्रो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजे सम्म को समय सकिनुभन्दा अघि नै जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।जिल्लाभर लागू हुने गरी एकसातासम्म निषेधाज्ञा थ
धनुषामा चौथो पटक जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जनाए । जिल्लाभर लागु हुने गरी एक साता सम्म निषेधाज्ञा थपिएको छ । धनुषामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा निरन्तर रुपमा जारी छ ।
जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिकामा सोमबारदेखि (जेठ १०–१७ गते) सम्म निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमार्फत (चौथो पटक) निषेधाज्ञा लागू गरेको हो । वैशाख २० गतेदेखि फुङलिङ नगरपालिका र नगरपालिकासँग जोडिएका पालिकाको क्षेत्रसम्म समावेश हुने गरी निषेधाज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।यसैबीच फुङलिङ नगरपालिकासँग […]