बालविवाह, बहुविवाह, छाउपडी प्रथालगायतका सामाजिक कुरीति रोक्न जुम्लाका धार्मिक अगुवाहरू लागेका छन् । समाजमा हिंसाको जड सामाजिक कुरीति भएको उनीहरूको ठहर छ । जुम्लाका सिञ्जा क्षेत्रका धार्मिक अगुवाहरूले सबै मिलेर समाजका हानिकारक अभ्यासहरू अन्त्य गर्नुपर्ने प्रतिबद्धता जनाएका हुन् ।