दाङ– दसैंलगायतका चाडपर्वमा हुने पशुबलि रोक्न दबाब दिने उद्देश्यले लमहीमा प्रदर्शन भएको छ। बलिप्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले लमहीमा प्रदर्शन गरेका हुन्। पूर्ण ब्रह्म कवीर उपासक समाजको अगुवाइमा प्रदर्शन गरिएको हो। समाजका संयोजक हिरालाल चैधरीले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाब स्वरूप […]